back

धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ : सांसद केसी

वि.सं.२०८१ जेठ ३१ बिहीवार

270 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

काठमाडौँ । प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले आयात प्रतिस्थापन गर्न नसके मुलुक आर्थिक सङ्कटमा पर्ने भन्दै सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकअन्तर्गत विभिन्न मन्त्रालयगत विनियोजन विधेयक, २०८१ माथि भएको छलफलमा उहाँले आयात प्रतिस्थापन गर्नुपर्ने उल्लेख गरेका हुन् ।

औद्योगिक क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्नुपर्ने सांसद केसीले बताए । “गत वर्षभन्दा करिब एक प्रतिशत औद्योगिक उत्पादन कम भएको छ, निजी क्षेत्र निराश छ । उनीहरूलाई प्रोत्साहन गर्ने वातावरण सिर्जना गर्नुपर्छ”, उनले भने, “आयात प्रतिस्थापन र निर्यात वृद्धिमा गम्भीर हुन नसकेमा राष्ट्रिय अर्थतन्त्र सङ्कटमा पर्छ ।”

सांसद केसीले पैतालीस प्रतिशत वनजङ्गलले ओगटे पनि १८ अर्ब मूल्य बराबरको फर्निचर आयात भइरहेकाले यसलाई रोक्न पहल गर्नुपर्ने बताए । मुलुकको अर्थतन्त्र विकासका लागि कृषि प्रमुख क्षेत्र रहे पनि मल नपाउँदा बर्सेनि किसानहरू समस्यामा परेकाले आवश्यकताअनुसार मल आपूर्ति गर्न उनले सुझाव दिए । डोजर आतङ्कका कारण प्राकृतिक विपत्ति निम्तिन सक्ने भएकाले सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।

भूमि व्यवस्थापनबारे सरकारले गम्भीर रूपमा छलफल अगाडि बढाउनुपर्ने सांसद केसीले बताए । “अहिलेसम्म सुकुम्बासी आयोग गठन भए पनि समस्या जस्ताको तस्तै छ, कसरी समाधान गर्ने भन्नेमा सरकार गम्भीर हुनुपर्छ”, उनले भने, “धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ ।”

सहकारी ठगहरूलाई सरकारले कारबाहीको दायरामा ल्याउनुपर्नेमा सांसद केसीले जोड दिए । गरिबी न्यूनीकरणका लागि ठोस कार्यक्रम र नीति आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमा उल्लेख नभएको भन्दै उनले रोजगार समस्या र गरिबी निवारणमा सरकार गम्भीर हुनुपर्ने बताए । स्वास्थ्य क्षेत्रका लागि कुल बजेटको चार दशमलव ६४ प्रतिशतमात्र बजेट विनियोजन भएकामा यो रकम अपुग भएको सांसद केसीको भनाइ थियो ।

 

वि.सं.२०८१ जेठ ३१ बिहीवार १७:०५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति दिवस मनाइँदै

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ...

क्यान्सर अस्पतालका लेखा अधिकृत कोइराला घुससहित पक्राउ

क्यान्सर अस्पतालका लेखा अधिकृत कोइराला घुससहित पक्राउ

चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत...

बंगलादेशबाट दुईसय बढी विद्यार्थी सकुशल  स्वदेश फर्किए

बंगलादेशबाट दुईसय बढी विद्यार्थी सकुशल स्वदेश फर्किए

झापा । बङ्गलादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु काँकडभिट्टाको...

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ विश्वास

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ विश्वास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको...

लोकतन्त्रलाई सुदृढ बनाएर लैजान सङ्कल्प गरौँः माधव नेपाल

लोकतन्त्रलाई सुदृढ बनाएर लैजान सङ्कल्प गरौँः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले...

भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिन हुनेमा आशङ्का : रवि लामिछाने

भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिन हुनेमा आशङ्का : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतमा भएका...