back
CTIZAN AD

जसपाको महाधिवेशन सकियो, कार्यसमिति चयनको जिम्मा अध्यक्षलाई

वि.सं.२०८१ जेठ ३१ बिहीवार

972 

shares

धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरमा सम्पन्न महाधिवेशनले पदाधिकारी र केन्द्रीय कार्यसमिति चयनको जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ ।

आज दिउँसो निर्वाचनको तयारी भए पनि अन्तिममा सम्पूर्ण जिम्मेवारी अध्यक्ष यादवलाई दिने निर्णय गरेको हो । अध्यक्षमा भने यादव हिजो नै निर्विरोध निर्वाचिन भइसकेका छन् ।

महाधिवेशनमा अध्यक्षबाहेक नेतृत्वका लागि आजका लागि तय भएको निर्वाचन तालिका स्थगित गरी सहमतिबाट चयन गर्ने निर्णय भएको हो । अध्यक्ष यादवले पार्टीका वरिष्ठ नेताहरूसँगको समूहमा छलफल गरी सबै पदमा सहमतिबाट चयन गर्ने महाधिवेशन प्रतिनिधि महेश चौरसियाले जानकारी दिए । उनका अनुसार अध्यक्षले पार्टीका नेताहरूबीच छलफल गर्ने नाम तय भएपछि महाधिवेशन हलबाट त्यसलाई अनुमोदन हुनेछ ।

अध्यक्षबाहेकका पदमा नेताहरुबीच तीव्र प्रतिस्पर्धा थियो । जसपा नेपालमा २१ जना पदाधिकारीसहित दुई सय एक सदस्यीय केन्द्रीय समिति चयन हुनेछ ।

एक जना सहअध्यक्ष पदका लागि राजकिशोर यादव, लालबाबु राउत र रकम चेम्जोङले उम्मेदवारी दर्ता गराएका थिए । यस्तै चार जना पुरुष उपाध्यक्षका लागि मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, सरोजकुमार यादव, अर्जुन थापा, अमरेशनारायण झा, मो. खालिद, गोविन्द चौधरी, आङ्देङ शेर्पा, प्रकाश अधिकारी, विद्युत् बज्राचार्य, शिवलाल थापामगर सहितका १७ जनाले मनोनयन दर्ता गराएका थिए ।

एक जना महिला उपाध्यक्ष पदका लागि रेखा यादव, लीलादेवी सिटौला, शोभा देवी, सुनी लामा, सविता यादव र राधा थापा गरी छ जनाले उम्मेदवारी दिएका थिए ।

दुई सय एक पदका लागि तीनसय भन्दा बढीको उम्मेदवारी परेको थियो । मतदानबाट चयन गर्दा एउटै भूगोल र समुदायको मात्र चयन हुने भएकाले पार्टीलाई समावेशी बनाउनका लागि सहमतिबाट नेतृत्व चयन गर्नुपर्ने घोषणा अध्यक्ष यावदले गरेका थिए ।

महाधिवेशनको हलमा यादवले निर्वाचन हुने हो भने समावेशी नेतृत्व निर्वाचित हुन नसक्ने बताएका थिए । “चुनाव हुने हो भने हिमाल र पहाडका एक दुई जनाभन्दा बढी निर्वाचित हुने सम्भावना कम छ । किनकी, पार्टीको मुख्य आधार तराई–मधेस हो । त्यस्तो अवस्थामा हामी कसरी पार्टीलाई सबै जातजाति, भाषा, धर्म, लिङ्गको प्रतिनिधित्व हुनेगरी समावेशी बनाउन सक्छौ ?”, यादवको भनाइ थियो ।

उनले चुनावभन्दा पार्टीलाई कसरी समावेशी बनाउने र पार्टीको संरचना कसरी बलियो बनाउने भन्ने मुख्य उद्देश्य भएको बताएका थिए । उनको प्रस्ताव थियो, “त्यसैले तपाईंहरू सहमत हुनुहुन्छ भने सबै पदाधिकारी र केन्द्रीय सदस्य सहमतिमा टुङ््गो लगाऔँ ।”

उनको प्रस्तावलाई महाधिवेशन हलले अनुमोदन गरेको थियो । अनि उनले एकसाथ उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । जसअनुसार उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए ।

 

वि.सं.२०८१ जेठ ३१ बिहीवार २०:१८ मा प्रकाशित

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी...

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति...

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

काठमाडौं । सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई...

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

काठमाडौं । विद्युतीय माध्यम प्रयोग गरी व्यापार गर्ने व्यवसायीलाई अनिवार्य...

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा मंगलबार बिहान स्कारपियो दुर्घटना...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...