काठमाडौं । सरकारले असार ३ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
इस्लाम धर्मालम्बीहरुको महान पर्व बक्र ईद (उल अजहा) परेकोले असार ३ गते सार्वजनिक विदा दिने घोषणा गरेको हो ।
‘मिति २०८०/१०/२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको महान पर्व वक्र इद (उल–अजहा) का दिन सार्वजनिक विदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ असार ३ गते सोमबार सार्वजनिक विदा दिने निर्णय भएको छ ।’ गृहमन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०८१ असार १ शनिवार ०९:०३ मा प्रकाशित






























