काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढुक्क भएर काम गर्न आईजीपीहरूलाई निर्देशन दिएको बताएका छन् ।
यसअघि प्रहरी महानिरीक्षक परिवर्तन हुने हल्ला चलेको थियो । आज चितवनमा त्यसबारे प्रधानमन्त्री ‘प्रचण्ड’सँग पत्रकारहरूले जिज्ञासा राखेका थिए । पत्रकारहरूको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ‘प्रचण्ड’ले आईजीपी परिवर्तनको हल्लामात्रै चलेको बताए ।
‘३ वटै आईजीपी बोलाएर केही परिवर्तन हुँदैन, ढुक्क हुनुस्, काम गर्नुस् भनेको छु’, ‘प्रचण्ड’ले भने, ‘त्यही स्प्रिटमा काम गर्नुस् भनेको छु । आईजीपी परिवर्तन हुँदैन । त्यो हल्लामात्रै हो ।’
फाइल फाेटाे
वि.सं.२०८१ असार ३ सोमवार १३:२५ मा प्रकाशित






























