back
CTIZAN AD

कालिका मन्दिर : जेठ महिनामा सबैभन्दा कम भेटी सङ्कलन

वि.सं.२०८१ असार ४ मंगलवार

990 

shares

गलकोट (बागलुङ) । नेपालको प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा जेठमा रु १८ लाख सङ्कलन भएको छ ।

कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले सार्वजनिक गरेको जेठको आम्दानी खर्च विवरणअनुसार रु १८ लाख २६ हजार सङ्कलन भएको छ । उक्त रकम भने चालु वर्षकै सबैभन्दा थोरै हो । गत महिना वैशाखमा मात्रै कालिका भगवती गुठी व्यवस्थापन समितिले रु ५८ लाख २४ हजार सङ्कलन गरेको थियो ।

कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार जेठमा १८ लाख २६ हजार आम्दानी र रु १० लाख २१ हजार खर्च भएर रु आठ लाख पाँच हजार बचत भएको बताए । खड्काले बागलुङ कालिका भगवती मन्दिर दर्शन गर्न आउने श्रद्वालु भक्तजनलाई बास बस्नका लागि बागलुङ नगरपालिका–१ मालढुङ्गा नजिकै धर्मशाला निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माण गर्न थालिएको उनले जानकारी दिए । उनले मन्दिरको भेटीबाट धर्मशाला निर्माण गरिनेछ ।

जेठमा भक्तजनले मन्दिरमा चढाएको भेटी रु ११ लाख ९६ हजार दुई सय ६५, सटर भाडाबाट रु तीन लाख छ हजार चार सय, आर्थिक सहयोग बापत रु ५६ हजार छ सय ८३, परेवा बिक्रीबाट रु दुई लाख ४० हजार सात सय ५०, चामल बिक्रीबाट रु नौ हजार, बोकाको टाउको बिक्रीबाट रु ११ हजार नौ सय, कुखुरा बलिबाट रु नौ सय, राँगा बलिबाट रु तीन हजार छ सय, विवाहबाट रु एक हजार र पण्डितबाट रु चार सय आम्दानी गरेको अध्यक्ष खड्काले जानकारी दिए ।

जेठमा कर्मचारीको तलबभत्तामा रु चार लाख ३४ हजार, विद्युत्मा रु २९ हजार पाँच सय ८०, अतिथि सत्कारमा रु ४६ हजार, उपहार रु नौ हजार, पूर्वाधारतर्फ रु दुई लाख ३६ हजार, पूजा खर्च रु ५५ हजार, जग्गा व्यवस्थापन रु एक लाख ५० हजार, खाद्य तथा आवास रु ५७ हजार र विज्ञापनमा रु पाँच हजार खर्च भएको अध्यक्ष खड्काले बताए ।

वि.सं.२०८१ असार ४ मंगलवार १४:४९ मा प्रकाशित

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम विवरण, कहाँ कहाँ पर्छ त पानी ?

आजको मौसम विवरण, कहाँ कहाँ पर्छ त पानी ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...