back
CTIZAN AD

शिक्षा प्रणालीका कारण नयाँ पीढी निराश र विचलित छन्: चित्रबहादुर केसी

वि.सं.२०८१ असार ५ बुधवार

903 

shares

काठमाडौँ । प्रतिनिधि सभाका सांसद चित्र बहादुर केसीले अहिलेको शिक्षा प्रणालीले नयाँ पीढीलाई स्वदेशमा रहने आशा जगाउन नसकेको बताएका छन् ।

उनले १८ महिनामा तीन पटक गठबन्धन फेर्ने सरकारबाट नयाँ पीढीले केही आशा गर्न नसकेको बताए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेका केसीले शिक्षा प्रणालीमा सुधार हुन नसक्दा नयाँ पीढी अत्यन्त निराश र विचलित बताएको बताए ।

‘हामी यो सदन सम्म युवा र विद्यार्थीबाट आएका होइनौँ ? हामी विद्यार्थी छँदै राष्ट्रयता, लोकतन्त्र र गणतन्त्रको पक्षमा लडेका होइनौ ?’ उनले भने, ‘अहिलेका नयाँ पुस्तालाई साधौँ, उनीहरू किन निराश छन् ? उनीहरू निराश हुनु राष्ट्र र जनताप्रति ओठ लेप्र्याउनु, विदेश बाहेक अरू विकल्प नदेख्नुका पछाडि हामी जिम्मेवार छौँ, हाम्रो शिक्षा प्रणाली जिम्मेवार छ ।’

उनले नेताहरूले राजनीति देश र जनताको लागि नगरेर आफ्ना लागि गर्दा लाखौँ लाख नेपालीहरू देश छोड्न बाध्य भएको बताए । ‘शारीरिक श्रम मात्र होइन मानसिक रूपमा तयार नगरेको भए भूमिगत बस्ने, जेल बस्ने, कुटपिट सहने, त्यस्तो किन गर्थ्यौँ हामी ।’ मानसिक रूपमा आशा जगाउने शिक्षा प्रणाली विकसित गर्नुपर्नेमा उनको जोड छ ।

केसीले हालको शिक्षा प्रणालीले विदेश जाने र उतै बस्ने मानसिकतामा सहयोग गरेकाले देश उजाड बन्दै गइरहेको बताए । उनले शिक्षा प्रणालीमा सुधार गरेर युवाहरूलाई स्वदेशमै रोक्नुपर्नेमा जाेड दिए ।

वि.सं.२०८१ असार ५ बुधवार १६:०० मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...