back
CTIZAN AD

सामन्य अङ्कले बढ्यो नेप्से, फाइनान्समा लगानीकर्ताको आकर्षण

वि.सं.२०८१ असार ५ बुधवार

1.1K 

shares

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव २७ अङ्कले बढेर दुई हजार ७८ दशमलव ७६ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय आठ कम्पनीको ७२ लाख नौ हजार सात सय ५७ कित्ता शेयर ४८ हजार सात सय ६ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४० करोड ४३ लाख ७२ हजार ६ सय ३२ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ शून्य दशमलव १४, वित्त दुई दशमलव ६२, जलविद्युत् शून्य दशमलव ३२, लघुवित्त शून्य दशमलव १४, निर्जीवन बीमा समूह शून्य दशमलव १७ र अन्य समूहको उपसूचक शून्य दशमलव १६ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

विकास बैंक समूह शून्य दशमलव १२, होटल तथा पर्यटन शून्य दशमलव ३६, लगानी शून्य दशमलव १८, जीवन बीमा शून्य दशमलव १३, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ४३, म्युचुअल फन्ड शून्य दशमलव ०७ र व्यापार समूह एक दशमलव ३२ प्रतिशतले घटेको छ ।

नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ८८ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङख्याका आधारमा सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु २० करोड २३ लाख ३८ हजार एक सय ४० बराबरको दुई लाख ८५ हजार ४० कित्ता शेयर किनबेच भएको छ ।

 

वि.सं.२०८१ असार ५ बुधवार १५:५० मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...