back
CTIZAN AD

दिल्लीका सडकपेटीमा उद्यम गर्नेहरू (भिडियो रिपोर्ट)

वि.सं.२०८१ असार ६ बिहीवार

867 

shares

नयाँ दिल्ली । पछिल्लो १५ दिनदेखि भारतको राजधानी नयाँदिल्लीको तापमान ४० डिग्री सेल्सियसभन्दा माथि रहँदैआएको छ । मनसूनी वर्षा हुन सकेको छैन । महानगर दिल्लीका मुख्यमुख्य चौक र बजारहरुमा दिउँसो पसलहरु खुलेका भएपनि खासै चहलपहल भने देखिँदैन । यस्तो प्रतिकूल मौसममा पनि यहाँका सडकपेटीहरुमा स–साना उद्यमीहरु आफ्ना सामानहरु बेचिरहेका देखिन्छन् । आफ्ना परिवारजनको जीविकाका लागि श्रम र सेवा बेचिरहेका यी कर्मयोगी नागरिकहरुले स्वरोजगार भइ स्वावलम्बी बन्नुपर्ने सन्देश दिइरहेका छन् ।

वि.सं.२०८१ असार ६ बिहीवार १४:४८ मा प्रकाशित