back
CTIZAN AD

बाहुबलीकी नायिका देवसेनालाई के रोग लाग्यो यस्तो ?

वि.सं.२०८१ असार १२ बुधवार

2.3K 

shares

काठमाडौं । भारतीय नायिका अनुष्का सेट्टीलाई अचम्मको रोग लागेको छ ।

बाहुबली फिल्ममा शसक्त भूमिका निभाएर सबैको मन जितेकी अनुष्का केही समयदेखि हाँसो रोक्न नसक्ने समस्याले ग्रसित भएकी छन् ।
भारतीय समाचार ऐजेन्सीका अनुसार उनी कुनै कुरामा एकपटक हाँसेपछि १५ देखि २० मिनेटसम्म हाँसो रोक्न नसक्ने विमारले ग्रसित रहेकी छन् ।

अनुष्काले नै एक अन्तरवार्ताका क्रममा यसबारेमा बताउँदै मेडिकल भाषामा आफुलाई स्यूडोबुलवार इफेक्ट भएको बताइन ।

यस्तो समस्या देखिएपछि कैयौपटक त फिल्मको सुटिङ नै रोक्नु परेको बताउँदै उनले भनिन् ‘मलाई लाफिङ डिसिज भएको छ । तपाईलाई लाग्ला हाँस्नु पनि केही समस्या हो र ? तर मेरा लागि यो समस्या भएको छ । यदि फिल्ममा कमेडि सिन आउँदा हाँस्न सुरु गरे भने जमिनमा पल्टिने गरी हाँसो आउँछ । यस्तो बेला सुटिङ समेत रोक्नु परेको छ ।’

यसलाई मेडिकल भाषामा न्यूरोलोजिकल डिसअर्डर भएको मानिन्छ । जसका कारण त्यसबाट प्रभावित व्यक्ति आफ्नो हाँसो र रुवाई रोक्न सक्तैन । साथै धेरैपटक भावुकतामाथि कन्ट्रोल समेत गर्न सक्तैनन् ।

यस्तो लक्षण इमोशनल र ब्रेन डिस्फंक्सनसँग जोडिएको हुन्छ । यसकारण यसलाई न्युरोसाइकेट्रिक बिमार पनि भनिन्छ ।

चर्चित गायिका अलका याग्निक एक्कासी कान नसुन्ने भएपछि…

वि.सं.२०८१ असार १२ बुधवार १३:५३ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...