back
CTIZAN AD

चर्चित गायिका अलका याग्निक एक्कासी कान नसुन्ने भएपछि…

वि.सं.२०८१ असार ६ बिहीवार

2.1K 

shares

काठमाडौं । भारतकी चर्चित गायिका अल्का याग्निक एक्कासी कान नसुन्ने भएकी छन् ।

५९ वर्षीया गायिका याग्निकले आफुमा बहिरोपनको समस्या आएको इन्स्टाग्राममार्फत् आफ्ना शुभचिन्तकबीच सेयर गरेकी हुन् ।

उनमा एक्कासी आएको यस्तो समस्या भाइरल आक्रमणका कारण भएको समेत सामाजिक संजालमा जानकारी दिएकी हुन् ।

‘केही साता पहिले विमानबाट झर्ने समयमा मलाई अचानक महसुस भयो कि मैले केही पनि सुन्न सकेकी छैन । यस्तो भएको केही साता मैले धैर्य राखे । तर अहिले भन्न चाहाान्छु कि किन म लामो समयदेखि तपाईहरुको सामु आउन सकेकी छैन ।’
डाक्टहरुले आफ्नो समस्या बारे जाँच गरेपछि आफुमा सेंसरी न्युरल हियरिङ लस (सुन्न बन्द) भएको समस्या आएको पत्ता लागेको समेत उनले बताएकी छन् ।

‘यो एकदमै दुर्लभ लक्षण भएको र यो एक भाइरस आक्रमणका कारण भएको हो । यस्तो अप्रत्याशित झट्का सुरुमा विश्वास नलागे पनि अहिले विस्तारै यसलाई स्वीकार्न तयार भएकी छु ।’ उनले भनेकी छन् ।

उनले आफ्ना प्रशंसकहरुलाई ठूलो स्वरमा संगीत नसुन्न र हेडफोनको प्रयोगबाट टाढा रहन समेत सुझाव दिएकी छन् । उनले यस्तो कठिन समयमा आफ्ना लागि प्रार्थना गर्न समेत अनुरोध गरेकी छन् ।

कोलकत्तामा जन्मिएर आफ्नो जादुमय स्वरले संसारका मानिसहरुको मन तान्न सफल भएकी यी गायिकाले १९८० मा प्रदर्शनमा आएको फिल्म ‘पायलकी झंकार’ बाट आफ्नो सांगितीक यात्रा सुरु गरेकी थिइन् । उनले भारतीय फिल्म क्षेत्रमा हजारौं बढी चर्चित गायर सबैको मनमा बस्न सफल भएकी छन् ।

 

वि.सं.२०८१ असार ६ बिहीवार १३:०४ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...