back
CTIZAN AD

कांग्रेस-एमालेबीचको सहमति, राप्रपाले भन्यो-स्वागतयोग्य

वि.सं.२०८१ असार १८ मंगलवार

981 

shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति सकारात्मक भएको प्रतिक्रिया दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको पदाधिकारी बैठकले पछिल्लो विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्दै कांग्रेस र नेकपा एमालेबीच भएको सरकार बनाउने नयाँ सहमति सकारात्मक भएको प्रतिक्रिया दिएको हो ।

“अहिले कांग्रेस र एमालेबीच नयाँ सहमतिका साथ सरकार बनाउने कुरा आएको छ जुन स्वागतयोग्य छ”, बैठकपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, “यो सहमतिको मूल विन्दु भनेको संविधान संशोधन हो । संविधान संशोधनका लागि मुख्य र दोस्रो दल मिलेर सरकार बनाउने विषय सकारात्मक छ ।”

राप्रपाले लामो समयदेखि संविधान संशोधनको विषय उठाउँदै आएको र त्यसका निम्ति नयाँ समझदारी कायम गरेर जानुपर्ने धारणा पार्टीको रहेको अध्यक्ष लिङ्देनको भनाइ छ । बैठकले विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्दै अहिले नै ठोस धारणा बनाएर निष्कर्षमा नजाने निचोड निकालेको छ ।

यसका निम्ति सबै राजनीतिक दलहरुबीच नयाँ समझदारी बन्नुपर्ने राप्रपाको धारणा छ । अध्यक्ष लिङ्देनले पछिल्लो विकसित राजनीतिबारे राजनीतिक दलहरुसँग निरन्तर छलफल रहने उल्लेख गरे ।

वि.सं.२०८१ असार १८ मंगलवार २०:३६ मा प्रकाशित

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...