काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक प्रमाण पत्र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गरेको छ । शैक्षिक प्रमाण पत्रको समकक्षता सहज बनाउन कार्यविधि बनाइएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
कार्यविधिमा विभिन्न विश्वविद्यालय, प्रतिष्ठान तथा विद्यालयबाट जारी भएका शैक्षिक योग्यता प्रमाण पत्रको प्रमाणीकरण तथा समकक्षता प्रमाण पत्रको प्रमाणीकरण सम्बन्धी व्यवस्था गरिएको छ ।
विद्यालयको शैक्षिक योग्यता प्रमाणीकरण गर्न विद्यालय शिक्षाका कक्षा १ देखि कक्षा ९ सम्म तथा कक्षा ११ को प्रमाणपत्र प्रमाणीकरणको लागि सम्बन्धित विद्यार्थी वा अभिभावकले निवेदन दिन सक्नेछन् ।
वि.सं.२०८१ असार १९ बुधवार ११:४८ मा प्रकाशित






























