back
CTIZAN AD

‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने नेपालकै पहिलो शैक्षिक संस्था बन्यो ब्रिटिस कलेज

वि.सं.२०८१ असार १९ बुधवार

852 

shares

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी) पोजेटिभ इम्प्याक्ट रेटिङ (पीआईआर) प्राप्त गर्ने नेपालको पहिलो कलेज बनेको छ । ‘पीआईआर २०२४ लेभल ३ः प्रगतिशिल शैक्षिक संस्था’मा सूचीकृत हुँदै कलेजले ऐतिहासिक उपलब्धि हासिल गरेको हो ।

कलेजले प्रदान गर्दै आएको सेवा सुविधामा स्थिरता, निर्वाह गर्दै आएको सामाजिक उत्तरदायित्वको काम तथा शैक्षिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कारण विश्वव्यापी मान्यता प्राप्त मूल्यांकन गर्ने संस्था पीआईआरले टीबीसीको नाम सूचिकृत गरेको हो ।

कलेजका अनुसार पीआईआरले संस्थाको स्थिरता, नीति तथा नियमहरुका साथै संस्थाले समाजप्रति निर्वाह गर्दै आएको भूमिकाका बारेमा मूल्यांकन गर्दै आएको छ । साथै, सामाजिक चुनौतीहरुलाई कसरी प्रभावकारी रुपमा सम्बोधन गर्छन् भन्ने कुरामा पनि पीआईआर केन्द्रीत छ ।

कलेजको सस्टेनेबिलिटी युनिटले शिक्षामा स्थिरता, अनुसन्धानात्मक कार्यक्रमहरुका साथै, साझेदारहरुमार्फत समग्र शैक्षिक वातावरण सिर्जना गरेको छ । कलेजले आफ्नो पाठ्यक्रममा दिगो विकास लक्ष्य (एसडीजी) एकीकृत गर्न, नवाचारलाई प्रोत्साहित गर्न र जलवायु शिक्षा अघि बढाउन धेरै पहलहरु कार्यान्वयन गर्दै आएको छ । जस्तै, ‘बीबीएःइनोभेट फर इम्प्याक्ट’ कार्यक्रम, एमबीएमा ‘भविष्यको लागि स्थिर आपूर्ति श्रृंखलाहरु’ समर पाठ्यक्रममार्फत पनि संयुक्त राष्ट्र संघको दिगो विकासको कार्यक्रमलाई सघाउ पुर्याइरहेको छ ।

यो उपलब्धिबारे ब्रिटिस कलेजका डेपुटी प्रिन्सिपल डा.प्याट्रिक म्याकक्रुडनले भने, ‘पीआईआर रेटिङ मूल्यांकन सर्वेक्षणबाट ब्रिटिस कलेजले पाएको उपलब्धि महत्वपूर्ण छ । यसरेटिङलेब्रिटिस कलेजको शिक्षा कस्तोछ भन्नेथप प्रस्ट पारेको छ भने यस्ता सर्वेक्षणहरुले हाम्राप्रयासहरुलाई अन्तर्राष्ट्रिय रुपबाट समेत मार्गदर्शन गरेको छ ।’

वि.सं.२०८१ असार १९ बुधवार ११:४७ मा प्रकाशित

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

काठमाडौं । चीनका लागि नेपाली पूर्व राजदूतहरूले काठमाडौंमा हालै सम्पन्न...

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले दलाई लामासम्बन्धी...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

आज राष्ट्रिय सभाको बैठक बस्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै...