back
CTIZAN AD

सिप्रदीको टियागो इभि मनसुन एक्सचेन्ज मेला सुरु

वि.सं.२०८१ असार २१ शुक्रवार

1.2K 

shares

काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा.लि.ले टियागो इभि मनसुन एक्सचेन्ज मेला आयोजना गरेको छ । कम्पनीले टाटा मोटर्सको शोरुम थापाथलीलगायत देशैभरी रहेका शोरुमहरुमा आज असार २१ गतेदेखी २३ गते सम्म एक्सचेञ्ज कार्यक्रम आयोजना गरेको हो ।

मन्सुन एक्सचेन्ज मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभीसंग साट्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस मेलामा सहभागी भएर ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क अटोप्लस इन्स्योरेन्स, निःशुल्क २ आर्थिक वर्र्षको सवारी कर, एक्सेसरिज र ३ वर्षको निःशुल्क सर्भिसिङ्घ सुविधाहरुको फाइदा लिन सक्नेछन् । साथै टेस्ट ड्राइभ र बुकिङ्गमा स्योर सट गिफ्टहरु पनि पाउन सक्नेछन् । उल्लेखित अफरहरु मन्सुन एक्सचेन्ज मेलाको ३ दिनका लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।

ग्राहकहरुको व्यस्त समयलाई ध्यानमा राख्दै टियागो इभि मन्सुन एक्सचेन्ज मेला बिहान ९ बजे देखि राती ९ बजे सम्म टाटा मोटर्सको नेपालभरिको शोरुमहरुमा संचालन गरिएको कम्पनीले जनाएको छ ।

वि.सं.२०८१ असार २१ शुक्रवार १३:३६ मा प्रकाशित

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...