back
CTIZAN AD

कुश्मा-ज्ञादी झोलुङ्गे पुल जीर्ण, सवारी सञ्चालनमा रोक

वि.सं.२०८१ असार २१ शुक्रवार

852 

shares

पर्वत । जिल्लाको सबैभन्दा पहिलो, अग्लो र लामो कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । डेढ दशकअघि निर्माण गरिएको उक्त पुल मर्मत नहुँदा जीर्ण बन्दै गएपछि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

पुलबाट यात्रा गर्दा जोखिम निम्तिन सक्ने खतरा बढेकाले मोटरसाइकल, स्कुटरलगायत दुई पाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताउनुभयो । विसं २०६६ मा निर्मित कुश्मा–ज्ञादी झोलुङ्गे पुल अहिलेसम्म मर्मत हुन सकेको छैन ।

मानिस पैदलयात्रा गर्ने पुलमा एकैपटक दर्जनौँ मोटरसाइकल गुडाउँदा दुर्घटनाको जोखिम भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले सहरी विकास मन्त्रालयअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनसँग परामर्श गरी अर्को सूचना जारी नहुँदासम्म दुई पाङ्ग्रे सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको उहाँले जानकारी दिए ।

तीन सय ४४ मिटर लामो र एक सय ३५ मिटर उचाइको उक्त पुलले पर्वतको कुश्मा नगरपालिकाका कटुवाचौपारी, पिपलटारी, पकुवा, ठूलीपोखरी, खौलालाकुरी, आर्थरडाँडाखर्क, फलेवास, महाशिला, विहादी र पैंयुँ गाउँपालिकालाई सदरमुकाम कुश्मा बजारसँग जोडेको छ ।

कुश्मा–५ बाट कुश्मा–९ कटुवाचौपारी जोड्ने यो पुल हुँदै दैनिक सयाँैैको सङ्ख्यामा मोटरसाइकल र स्कुटर सञ्चालन हुँदै आएका थिए । सवारी प्रयोगकर्ताले छोटो मार्गका रुपमा जोखिमपूर्ण तरिकाले पुलबाट सवारी वारपार गर्दै आएका छन् । यसले पैदलयात्रीलाई समेत समस्या पर्दै आएको भन्दै गत आइतबारदेखि पूर्णरुपमा सवारी आवागमन बन्द गरिएको हो ।

केही दिनअघि कर्णाली प्रदेशमा भएको खच्चर दुर्घटनाको नियति पर्वतमा नदोहोरियोस् भनेर पुलबाट सवारीसाधन वारपार गर्न रोक लगाइएको प्रजिअ शर्माले बताए । “जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पुलको प्राविधिक नापजाँच नगरिकन सवारीसाधन सञ्चालन नगर्ने÷नगराउने निर्णय गरेपछि हाललाई उक्त पुल भएर सवारीसाधन नचलाउन स्थानीयलाई अनुरोध गरेका छौँ”, उनले भने ।

सस्पेन्सन ब्रिज डिभिजनको प्राविधिक टोली आगामी साउन अन्तिम सातामात्र पुल मर्मत र चेकजाँचका लागि आउने जानकारी आएको प्रजिअ शर्माले बताए । डिभिजनले पत्र पठाएर कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा मात्र नभई कुनै पनि झोलुङ्गे पुलबाट मोटरसाइकल, स्कुटरलगायतका सवारीसाधन सञ्चालन गर्न नहुने जनाएको उनको भनाइ छ ।

पुल निर्माण भएको डेढ दशक पुगिसकेको छ । पुलका लट्ठा, दुवै छेउका बार, डेक उप्कने, नोटबोल्टु खुकुलो हुने समस्या देखिन थालेका छन् । यो पुल निर्माणपछि मोदीखोलाको किनारमा पुगेर डाँडामा आउन लाग्ने एक घण्टाको बाटो छोटिएर तीन मिनेटमा सीमित बनेको थियो । यो पुलपछि सदरमुकाम कुश्मामा थप चार वटा अग्ला र लामा झोलुङ्गे पुल निर्माण भएका छन् । ती पुलबाट भने दुईपाङ्ग्रे सवारी साधन निर्वाधरुपमा सञ्चालन हुँदै आएका छन् ।

वि.सं.२०८१ असार २१ शुक्रवार १३:४४ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...