back
CTIZAN AD

गुल्मीको रिडी-पूर्तिघाट सडक अवरुद्ध

वि.सं.२०८१ असार २१ शुक्रवार

1.3K 

shares

गुल्मी । वर्षाका कारण पहिरो गएपछि कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीको रिडी–पूर्तिघाट सडकखण्ड अवरुद्ध बनेको छ । गएराति वर्षासँगै आएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

कालीगण्डकी गाउँपालिकाको भुर्तुङ र वडा नं ३ को मुल्कामा गएराति सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक शङ्कर पोख्रेलले जानकारी दिए । लगातार वर्षा भइरहेकाले पहिरो पन्छाएर सडक सञ्चालन गर्न समस्या भइरहेको उहाँले बताए ।

वर्षाका कारण आज बिहानदेखि अवरुद्ध बनेको तम्घास‐रिडी खण्ड भने सञ्चालन भएको सूचना अधिकारी पोख्रेलले जानकारी दिए । उक्त खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिकाको कालीका मोड, छत्रकोट गाउपालिकाको शृङ्गा र गुल्मीदरबार गाउँपालिकाको बिरबासमा पहिरो गएपछि बिहानैदेखि सडक अवरुद्ध बनेको थियो । अवरुद्ध सडक स्थानीय पालिका र निर्माण व्यवसायीको पहलमा सञ्चालन गरिएको हो ।

सडक सञ्चालन भएसँगै लामो तथा छोटो दूरीमा आवतजावत गर्ने र बीचमा रोकिएका सम्पूर्ण सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका सूचना अधिकारी पोख्रेलले बताए । वर्षाका कारण सडक अवरुद्ध बनेपछि ग्रामीण भेगबाट सदरमुकाम तम्घास आउने एक दर्जनभन्दा बढी सडक अवरुद्ध बनेका छन् ।

निरन्तर वर्षा भइरहेकाले जिल्ला प्रशासन कार्यालयले नदी तथा खोला किनार क्षेत्र र पहिरोग्रस्त क्षेत्रका स्थानीयलाई सर्तक रही सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । प्रशासनले वर्षाको समयमा अत्यावश्यक काम बाहेक मानिसलाई लामो यात्रामा ननिस्कनसमेत आग्रह गरेको छ ।

वर्षाका कारण कालीगण्डकी, बडिघाट, छल्दी, निस्तीलगायत नदी तथा स्थानीय खोलामा पानीको बहाव बढ्दै जान थालेकाले सर्तक रहन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

वि.सं.२०८१ असार २१ शुक्रवार १३:५९ मा प्रकाशित

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वटा...

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोगसँगै बढ्दै...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...