back
CTIZAN AD

बेइजिङ प्लसमा दलित महिलाका मुद्दा उठाउन जरुरी

वि.सं.२०८१ असार २१ शुक्रवार

1K 

shares

काठमाडौँ । अन्तर लैङ्गिक सहभागितालाई विश्व महिला सम्मेलन ‘बेइजिङ प्लस’ मा जोड दिन महिला अधिकारकर्मीहरुले सुझाव दिएका छन् । उक्त सम्मेलनमा दलित महिलाका मुद्दालाई प्राथमिकताका साथ उठाउन आवश्यक रहेको उनीरुले सुझाव दिएका हुन् । काठमाडौँमा आज दलित महिला सङ्घ (फेडो) ले दलित महिला पत्रकार र अधिवक्ताहरुबीच अन्तरक्रिया गरेको थियो ।

उक्त अन्तरक्रियामा सन् २०२५ मा हुन लागेको बेइजिङ प्लस सम्मेलनमा दलित महिलाका मुद्दा उठाउने अधिकारकर्मी दुर्गा शोवले बताए । फेडोको संस्थापक अध्यक्षसमेत रहनुभएका शोवले अन्तर लैङ्गिकताका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए  “महिला भित्रै हुने विभेदमा पनि दलित महिला चरम विभेदमा छन्,” उनले भने, “हामीले मुद्दा उठाउँदा फरक अवस्था र लैङ्गिकताको अध्ययन गरेर उठाउनुपर्ने देखिन्छ ।”

उहाँले फेडोले यिनै दलित महिलाका फरक भोगाई, चुनौती र समस्याका विषयलाई प्रमुख मुद्दा बनाएर बेइजिङ सम्मेलनमा प्रतिवेदन पेस गर्ने बताए । अनुसन्धानकर्ता एवं मानव अधिकार अध्येता तनुजा बस्नेतले समग्र महिलाको तुलनामा दलित महिलाको अवस्था नितान्त फरक रहेको बताए । तसर्थ विश्व सम्मेलनमा दलित महिलाको मुद्दालाई छुट्टै र विशेष तरिकाले ध्यानार्कषण गराउन जरुरी रहेको उहाँको बुझाइ छ ।

“सीमान्तकृत समुदायको आवाज विश्वमा पु(याउने थलो भनेको बेइजिङ प्लस सम्मेलन हो”, उनले भने, “अन्तर लैङ्गिकताको विषयमा दलित महिलाका मुद्दा कमै उठाइन्छ, जुन संवेदनशील छ ।”

सन् २०२५ मार्च ३० मा बेइजिङ प्लस हुँदैछ । यो बेइजिङ सम्मेलनको ३०औँ वार्षिकोत्सव हो । सम्मेलनमा नेपालका तर्फबाट महिलाका मुद्दा उजागर गर्दा दलित महिलालाई विशेष ध्यानाकर्षण गराउने उद्देश्यले फेडोले लक्षित वर्गसमक्ष सुझाव लिएको फेडोका महासचिव रेणु सिजापतीले बताए। अन्तरक्रियामा दलित महिला पत्रकार र अधिवक्ताहरुले लिखित रुपमा बुँदागत सुझाव दिएका थिए ।

वि.सं.२०८१ असार २१ शुक्रवार १८:३९ मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...