back
CTIZAN AD

बाढीमा फसेका स्वास्थ्यकर्मी चौधरीको सकुशल उद्धार

वि.सं.२०८१ असार २६ बुधवार

1.1K 

shares

सिरहा । सर्रे खोलामा आएको बाढीमा फसेका लहान नगरपालिका-२४ झुट्कीका ४० वर्षीय स्वास्थ्यकर्मी अरुण चौधरीलाई प्रहरीले आज सकुशल उद्धार गरेको छ । चौधरी लहान-९ खुट्टीपारि स्वास्थ्य चौकीमा कार्यरत छन् ।

कार्यालय जाने क्रममा खोलाको बीच भागमा पुगेपछि अचानक आएको बाढीमा चौधरी फसेका थिए । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीका अनुसार खबर पाउनासाथ तुरुन्तै प्रहरी घटनास्थलमा पुगी दुई घण्टाको प्रयासपछि उनलाई सकुशल उद्धार गरिएको हो । उद्धार कार्यमा स्थानीयवासीका साथै सशस्त्र प्रहरीले सहयोग गरेको थियो ।

लामो समयदेखिको अविरल वर्षाले आएको बाढीका कारण लहान-२४ स्थित सर्रे खोला र आसपासका बस्तीहरु बाढीको उच्च जोखिममा रहेका भन्दै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरणको प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक सोतीले जानकारी दिए ।

यो खोलामा पुल निर्माण नहुँदा झुटकी, खेस्राहा, डाँडाटोल, सुन्दरपुर, रन्हालगायत स्थानीयहरू मारमा परेका छन् । बाढी आउँदा गाउँको आवतजावत ठप्प हुने गरेको छ । रु २६ करोड लागतमा दुई वर्षभित्र सम्मन्न गरिसक्ने गरी पुलको ठेक्का सम्झौता भए पनि काम सुरु हुन नसकेको वडा नं २४ का वडाअध्यक्ष रासलास रायले बताए ।
रासस /फाइल फोटो

वि.सं.२०८१ असार २६ बुधवार १५:०१ मा प्रकाशित

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...