back
CTIZAN AD

राजधानीमा बिबाहित महिलाहरुबीच सौन्दर्य प्रतियोगिता

वि.सं.२०८१ असार २६ बुधवार

1K 

shares

काठमाडौं । राजधानीमा बिबाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता ‘द मिसेस नेशनल २०२४’ भव्यताका साथ सम्पन्न भएको छ ।

क्रिजोना मिडिया गु्रप प्रालिद्वारा आयोजित दोस्रो संस्करणको प्रतियोगितामा ‘द मिसेस नेशनल २०२४’ को उपाधि इलामकी सुजाता सुब्बाले चुमेकी छन् । फेसन डिजाइनर तथा कटिङ र स्टिचिङ ट्रेनर रहेकी सुब्बाले वेष्ट फिगरको उपउपाधिलाई पनि आप्mनो बनाएकी छन् ।

महिलालाई सशक्त बनाउँ, राष्ट्रलाई सशक्त बनाउँ भन्ने नाराका साथ जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा मञ्जु आचार्य फष्ट रनर्सअपका साथमा मष्ट इनरजेटिक तथा मञ्जिल रञ्जितकार सेकेण्ड रनर्सअपका साथमा मष्ट पपुलर र मष्ट इलिजेन्ट उपउपाधि विजेता भइन् ।

१६ बिबाहित सुन्दरीले अन्तिम स्पर्धा गरेको प्रतियोगितामा अनिता मण्डल लामा दोङ भ्युअर्स च्वाईस र मष्ट फोटोजेनिक, शर्मिला ताम्राकार मिसेस एम्बेस्डर, अञ्जना भट्टराई मष्ट क्यारिजम्याटिक, रुबी किरण दास मष्ट ग्रेसफुल, करिश्मा भण्डारी लेबुफनुईर मिसेस प्mयासिओनिस्ता, सिर्जना बुढा थापा वेष्ट स्माईल, प्रमिला दाहाल मष्ट डिसिप्लेन, श्री कुँवर मष्ट इन्सपाईरिङ, रिंकल गुप्ता मष्ट आइकोनिक, रोजी थापा वेष्ट पर्सनालिटी, सुष्मा रेग्मी मष्ट कन्फिडेन्ट, मञ्जु पौडेल मष्ट ट्यालेन्टेड र सदीक्षा अधिकारी वेष्ट वाक उपउपाधिको विजेता बन्न सफल भइन् ।

लभिन अन्सारीको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा मोडल दीपक घिमिरे, फेसन डिजाइनर मिनु श्रेष्ठ र अन्तराष्ट्रिय जुम्बा प्रशिक्षक प्रतिमा श्रेष्ठ निर्णायक रहेकी थिइन् । प्रतियोगिता पूर्व खानेपानी मन्त्री महेन्द्र यादव, सांसद रेणु साह, माष्टर सेफ सन्तोष शाह र अभिनेता किरण केसीको आतिथ्यतामा सम्पन्न भएको थियो ।

आयोजक संस्था क्रिजोना मिडिया ग्रुप प्रालिका प्रवन्ध निर्देशक तथा कोरियोग्राफर लभिन अन्सारीले विवाहित महिलाहरुलाई चार घेरा भित्रबाट बाहिर निस्केर स्वावलम्बी बन्न प्रोत्साहित गर्ने तथा उनीहरुमा अन्तर्निहित प्रतिभाको उजागर गरी बाहिर ल्याउने उद्देश्यले द मिसेस नेशनलको आयोजना गरिँदै आएको बताए ।

 

वि.सं.२०८१ असार २६ बुधवार १४:४३ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...