back
CTIZAN AD

पासपोर्टबारे रविमाथि छानबिन हुनुपर्छ : मुकुल ढकाल

वि.सं.२०८१ असार २६ बुधवार

1.3K 

shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट बर्खास्त भएका मुकुल ढकालले सभापति रवि लामिछानेमाथि प्रश्न उठाएका छन् । उनले बुधवार पत्रकार सम्मेलन गर्दै लामिछानेविरुद्ध छानबिन गर्न माग गरेका छन् ।
उनले गएको १९ गतेको बैठकमा मुखमा कालो टेप लगाएर बस्नु आफ्नो कमजोरी भएको स्वीकार गरे । तर, त्यसपछि आफूले सभापतिसँग संवाद गर्न खोजे पनि नमानेको ढकालले बताए ।
ढकालले सहकारी ठगी प्रकरणमा छानबिन गर्न माग गरे । पछिल्लो पटक सर्वोच्च अदालतले नै लामिछानेमाथि अनुसन्धान गर्नुपर्छ भनिसकेको भन्दै उनले भने, ‘यसमा रास्वपाको धारणा के छ ? पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्छ ।’
उनले लामिछानेको पासपोर्ट प्रकरणबारे पनि पार्टीले छानबिन गर्नुपर्ने उनको माग छ । यो मुद्दामा उनी दोषी ठहर भए भोलिका दिनमा चुनाव नै लड्न नपाउने भन्दै उनले भने, ‘यो पार्टी जीवनसँग जोडिएकाले उच्चस्तरीय छानबिन गर्नुपर्छ ।’
ढकालले मिडियामा आफूले आफ्नो प्रतिवेदनको केही अंश दिएको भन्दै सरकारको विषयमा रवि लामिछानेले नबोल्न दबाब दिएको बताए । उनले पार्टी बिग्रियो र जोगाउनुपर्छ भन्दा ज्वाला सङ्ग्रौला र रमेश प्रसाईँहरूलाई परिचालन गरेर मुकुल ढकाल रवि लामिछानेको विपक्षमा गयो भन्ने माहौल सिर्जना गरिएको बताए ।
उनले मूल विवाद सरकारले काम गर्न सकेन भनेर आफूले भनौँ भन्दा गृह मन्त्रालयले जति अरूले नगरेको भनेपछि आफूलाई चित्त नबुझेको बताए । ढकालले रवि लामिछानेले कुनै पनि कुराको जिम्मेवारी नलिने गरेको आरोप पनि लगाए ।

वि.सं.२०८१ असार २६ बुधवार १६:०९ मा प्रकाशित

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका तर्फबाट...

गृहमन्त्री गुरुङको निर्देशनमा ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

गृहमन्त्री गुरुङको निर्देशनमा ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...