back

चार महिना भारतको अस्पताल बसाई

वि.सं.२०८१ असार २६ बुधवार

252 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

यस्तो कसरी भयो ? भन्नुस त ?
सुन्नुभएन । तपाई कहाँ जानुभएको थियो ?

एक जना मान्छे हेर्न नसक्ने । यहाँ किन आएको ? के गरेर बसेको ? यस्तो हुन्छ ? तपाई यहाँ आउनुस् । पछि पछि लागेँ म । किन त्यस्तो भयो ? आफुले केयर गर्न नसकेको भन्दै एउटा पत्र लेख्नुस् र हस्ताक्षर गरेर मलाई दिनुस् । त्यसपछि मात्र अर्को प्रक्रिया अगाडी बढ्छ । कसरी यस्तो भयो ? धेरैबेरसम्म एउटै प्रश्न दोह्राएपछि र लेख्न अर्‍हाएपछि मैले सुस्तरी भने, हवस् सर ।
…………………………………………………………………………………………………………………………………………………………………..

मम्मी राम्ररी बोल्न सकीरहनुभएको थिएन । रुँदै हुनुहुन्थ्यो । खोक्दै हुनुहुन्थ्यो । मेरो बोली निस्कनु त परै जाओस, मम्मीलाई देखेर आँखाभरी आँशु थियो । डाक्टरले भनेको मान्नुपर्ने र काम, कुरा गर्नुपर्ने मम्मीतीर आँखा नपल्टाएर उभिइरहेको थिए, डाक्टरको भनाई सुन्दै । यद्यपी मम्मीलाई देखेर कामिरहेको थिएँ म डरले । म भारतको नयाँ दिल्लीको अन्सारी नगरस्थित अल इन्डिया इन्च्यिुट अफ मेडिकल साइन्स (एम्स) अस्पतालको नाट कान घाटी रोग विशेषज्ञ डा. राकेश कुमारको पछि लागेँ । मैले डाक्टरले दिएको एउटा ह्वाइट पेपरमा मम्मीमा भएको समस्या लेखेँ। डाक्टर नभएको बेला अस्पतालको सैयामा एक्कासी बल्झिएको समस्या । अस्पतालका कर्मचारीलाई बोलाउँदा बोलाउँदै भएको घटना । त्यसमा उपचारको लागि आग्रह समेत गरेँ , हस्ताक्षर सहित । डाक्टरले पत्र हेरेर प्रशासनमा दिन पठाए र अपरेसनको तयारीमा लाग्न अर्‍हाए ।

………………………………………………………………………………………………………………………………………………………………………..

मम्मीको घाँटिको खाने नलिको अपरेसन गरेर सास फेर्न गार्‍हो परेकाले धेरै दिन सास फेर्न घाँटिमा सानो प्वाल बनाएर (ट्याकोस्टोमी ) गरिएको थियो । खानका लागि नाकबाट छिराएको प्लाष्टिक फुडपाइप खोक्दै गर्दा निस्किएको थियो । खाना तरल पदार्थ हुन्थ्यो, जुन नाकबाट खुवाइन्थ्यो । अब खाने समस्या समाधानका लागि पेटमा अपरेसन गरेर मेडिकल फुडपाइप लगाउनुपर्ने भएकाले डाक्टर रिसाएको प्रष्ट थियो । त्यो समस्या खोक्दै गर्दा आफै भएको हो । त्यसमा डाक्टरको, विरामीको, कुरुवाको कसैको गल्ती मैले देखिन । नोज पाइप राम्ररी नलगाएकाले खसेको आरोप आफूलाई लगाउछन् भन्ने डाक्टरको डर थियो । मैले लेखेको पत्रले डाक्टरको बाटो खुल्दै अपरेसनको पक्रिया अघि बढेको थाहा भयो । दुई दिनपछि पेटको अपरेसन भयो, खाना पेटबाट खुवाउन सुरु भयो । मम्मीलाई ५० दिनसम्म बेड नम्बर डि फोर ३३ मा राखिएको थियो । घाटिमा भएको अपरेसन पश्चात डिस्चार्जको लाइनमा बसेका हामी ५२ दिनपछि फेरी पेटकै अपरेसन गर्नुपर्‍याे । ६० दिनमा बल्ल अस्पतालबाट बिदा भइयो ।

ममीलाई अस्पताल भर्ना गराउन जाँदा गोविन्द केसिको अनसनले सर्वसाधारणलाई पारेको असरको त झन तुलना नै गर्न सकिदैन । विभिन्न माग राखेर डा. केसीले अनसनमा १ सय २ दिन बिताएका छन् । चिकित्सा क्षेत्रका विद्यार्थीको शुल्कदेखि टिकापुर जस्ता क्षेत्रमा मेडिकल कलेज खोल्नुपर्ने डा. केसीको माग पुरा भएको भए उपचारकै लागि मम्मी जस्तै अरुजो कोहिलाई सुदुपश्चिमको टिकापुरबाट काठमाडौं ल्याउनुपर्ने नै थिएन ।

यो घटनाभन्दा ६ महिना अघि मम्मीलाई सोहि अस्पतालमा लगिएको थियो । ओपिडिमा जचाउँदै गर्दा एक रात मम्मीलाई गार्‍हो भयो । अस्पताल नजिकै एक होटलबाट मम्मीलाई बोकेर मैले इमर्जेन्सीमा लगँे । २४ घण्टा बितेपछि इमर्जेन्सीबाट हटाउन लगाएर अर्को अस्पतालमा पठाउने तयारीमा अस्पताल लाग्दा म रोएँ, कराएँ । ओपिडिको डाक्टरलाई बोलाउँदा पनि समस्या अल्झिनै रह्यो । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाको पत्र उनका साथि त्यहि अस्पतालको एक विभाग प्रमुखलाई दिएपछि मम्मीलाई अस्पतालले भर्ना गर्‍याे । त्यसभन्दा अघि मेरा साथि महेश आचार्य, एम्समा अध्ययनरत नेपाली विद्यार्थीहरुले सक्दो कोशिस गरिरहेकै थिए । सबैको दबाब र राजनीतिले बिरामी मेरी मम्मीलाई अस्पतालले प्रेमपुर्वक भर्ना ग¥यो । भर्ना भएपछि नेपालको रिपोर्ट हेर्दै पूर्ण रुपमा सबै जाँच गर्‍याे । त्यहिखेर नै मम्मीको नाकमा खाने पाइप लगाइएको थियो । घाटिको अपरेसनको तयारीमा मम्मीको सबै जाँच भयो । जाँचकै क्रममा अस्पतालको डि फोर वान वेडमा मम्मीको ४५ दिन बित्यो ।

……………………………………………………………………………………………………………………………………………………………………

मम्मीलाई लगेर म दोस्रो पल्ट भारत गएको थिएँ । म पहिलो पटक भारत एउटा तालिममा गएको थिएँ । मेरो घरबाट ३० किलोमिटर नजिक भारत भए पनि मलाई हिन्दि बोल्न आउँदैनथ्यो । डाक्टर राकेशले अंग्रेजीमा कुरा गरे पनि शुरुमै भाषामा समस्या देखाएपछि मम्मीको बेडमा हुने ३ जना स्टाफ नर्सलाई पालै पालो हिन्दी भाषा सिकाउन भने । मलाई लेडिज र जेन्स नर्सहरुले हिन्दी भाषा सिकाउने कोशिस गरे । धेर थोर हिन्दी बोल्न जान्ने भएँ म । म अहिले पनि खुसि छु अर्को भाषा जानेकोमा । एक्लै भएको र दशैँ नजिकिएकाले काठमाडौंबाट भाइ किशोर र श्रीमती समितालाई दिल्ली बोलाएँ । हाम्रो दशै भारतको अस्पतालमा बित्यो । हाम्रो संस्कृतिमा भारत, भुटानलगायत देशका धेरै व्यक्ति, डाक्टर छक्क परे । मम्मीले ओच्छ्यानबाटै हामिलाई टिका लगाइदिनुभयो । हामि यसैमा खुसि हुने बाध्यता भयो । बहिनी करुणा, ज्वाइँ विष्णु र भान्जी विशाका नेपाल घरमै थिए, फोनमा कुरा हुन्थ्यो । जाँचकै क्रममा पौने २ महिना अस्पतालमा बिताएको, मम्मी निकै कमजोर हुनुभयो । तौल, घट्दै गयो । नाकबाट यति खुवाएर पुगेन भन्दै अरु १५ दिनपछि मम्मीको डिस्चार्ज भयो । नाकको पाइपबाट प्रोटिन लगायत औषधी अरु खानेकुरा खादै मम्मी ४ महिना घर बस्न बाध्य हुनुभयो । हामी मम्मीलाई सक्दो कोशिसले खुवाउनेलगायत सेवा गरिरहेका थियौं । त्यसबेला मेरी श्रीमती समिताले स्नातोकोत्तर पढ्दै मम्मीको सेवामा तैनाथ भइन् ।

मम्मीको अवस्था देखेर हामी कति रोयौं कति । त्यसको कुनै हिसाब छैन । मेरी हजुरआमा (मम्मीको आमा) कति रुनुभयो त्यसको कुनै लेखाजोखा छैन । सानैदेखि मम्मीमा निर्भर भएका हामि आतंकित हुन्थ्यौं त्यसको वर्णन गरेरै सकिदैन । त्यसमा पनि ममीलाई अस्पताल भर्ना गराउन जाँदा गोविन्द केसिको अनसनले सर्वसाधारणलाई पारेको असरको त झन तुलना नै गर्न सकिदैन ।

………………………………………………………………………………………………………………………………………………………………………..

मम्मी ४ महिना भारतको एम्स अस्पतालमा बिताउनु अघि २ महिना नेपालकै अस्पतालमा भर्ना हुनभएको थियो । २०६९ असारको अन्तिम साता मम्मीलाई टिचिङ अस्पताल उपचार गर्न लग्दा डा. गोविन्द केसी पहिलो पटकको अनसनमा रहेकाले उपचारमा गार्‍हो प¥यो । सबैको सल्लाहमा पाटन अस्पतल लगियो । कमजोरीले छातिमा मम्मीको समस्या आयो । डा. अर्जुन कार्कीले मम्मीको उपचार गर्दै गए । ५९ दिनमा डिस्चार्ज भए पनि मम्मीलाई ट्याकोस्टोमिको प्वाल पूर्ण रुपमा ठिक भएन । त्यसपछि डाक्टरहरुको सल्लाहमा भारतको एम्स अस्पतालमा लगिएको थियो । एम्समा रहदा विश्राम सदनमा प्रतिदिन १ सय भारतिय रुपैयाँमा सिंगल रुम पाइने व्यवस्थाले मलाई ४ महिना बस्न सहज बनायो ।

…………………………………………………………………………………………………………………………………………………………………….

मम्मीको अवस्था देखेर हामी कति रोयौं कति । त्यसको कुनै हिसाब छैन । मेरी हजुरआमा (मम्मीको आमा) कति रुनुभयो त्यसको कुनै लेखाजोखा छैन । सानैदेखि मम्मीमा निर्भर भएका हामि आतंकित हुन्थ्यौं त्यसको वर्णन गरेरै सकिदैन । त्यसमा पनि ममीलाई अस्पताल भर्ना गराउन जाँदा गोविन्द केसिको अनसनले सर्वसाधारणलाई पारेको असरको त झन तुलना नै गर्न सकिदैन । विभिन्न माग राखेर डा. केसीले अनसनमा १ सय २ दिन बिताएका छन् । चिकित्सा क्षेत्रका विद्यार्थीको शुल्कदेखि टिकापुर जस्ता क्षेत्रमा मेडिकल कलेज खोल्नुपर्ने डा. केसीको माग पुरा भएको भए उपचारकै लागि मम्मी जस्तै अरुजो कोहिलाई सुदुपश्चिमको टिकापुरबाट काठमाडौं ल्याउनुपर्ने नै थिएन ।

तर केसीको मागसँगैको आन्दोलनले अस्पतालमा उपचारार्थ पुग्ने सर्वसाधारणलाई पर्ने असरमा पनि मर्म बुझ्नुको विकल्प थिएन । मेरो मम्मीको उपचार गर्न गएको बेलादेखि गत मंसिरसम्म डा. केसी अनसनमा बसेकै थिए । उनको अनसनमा कोहि समर्थनमा हुन्छन्, कोहि विरोधमा उत्रन्छन् । त्यो समय र मान्छे अनुसार फरक फरक हुन्छ । यदि तिमी साँच्चिकै चोर हौ भने जति सक्छौ विद्या चोर धन हाेइन, ……….यस्तै दार्शनिक थाेराेकाे भनाई … ….पुरानो कोट लगाउ.. नयां पुस्तक किन …… यसका लागि पनि धेरै सहयोग नै महत्वपूर्ण रहेछ । मम्मीलाई त्यतिखेर भारत लगेर ठिक भयो । तैपनि असाध्यै ठूलो पिडित भएको छु, यसको वर्णन गर्न नै सकिँदैन र कसैले नि बुझ्दैन । अब मैले कोट त नयॉ नै लाउनुपर्छ । पुस्तक अरुले प्रयोग गरेकै नयॉ शिषर्कका पुराना किन्न सक्ने बन्नुपर्छ । अस्पतालमा विभिन्न विरोधले सर्वसाधारणलाई अफ्टेरोमा पार्नुहुदैन । त्यसको लागि अन्य डा. केसीहरुको पनि उत्पति नहोस् । जसमा सरकार समयानुसार परिर्वतन गर्न सक्ने क्षमतावान हुनुपर्छ ।

४ वर्षसम्म दिनहुँ औषधी प्रयोग गरेरै बाँच्न सक्नुभयो । मम्मी, औषधी र अस्पताल एक अर्काका परिपुरकजस्तै लाग्न थालेको थियो हामीलाई ।  मम्मीलाई अस्पतालले औधषीले गर्दा बचायो । तर त्यो समय धेरै रहन सकेन । उपचार सुरु गरेको ४ वर्ष पछि अर्थत २०७२ साल माघ २६ गते बिहान समाचार सुन्दै मम्मीले भन्नुभयो ‘आज मंगलबार राम्रो बार नेपाली काँग्रेसका सभापती सुशिल कोइराला मरेछन् । म पनि आजै मर्न पाए हुन्थ्यो ।’

………………………………………………………………………………………………………………………………………………………………………..

मम्मी भारतमा उपचारपछि नेपाल फर्कनुभयो । ४ वर्षसम्म दिनहुँ औषधी प्रयोग गरेरै बाँच्न सक्नुभयो । मम्मी, औषधी र अस्पताल एक अर्काका परिपुरकजस्तै लाग्न थालेको थियो हामीलाई ।  मम्मीलाई अस्पतालले औधषीले गर्दा बचायो । तर त्यो समय धेरै रहन सकेन । उपचार सुरु गरेको ४ वर्ष पछि अर्थत २०७२ साल माघ २६ गते बिहान समाचार सुन्दै मम्मीले भन्नुभयो ‘आज मंगलबार राम्रो बार नेपाली काँग्रेसका सभापती सुशिल कोइराला मरेछन् । म पनि आजै मर्न पाए हुन्थ्यो ।’ एकदिन अघि माघ २५ गते केहि अफ्ट्यारो भएको महसुस गरेपछि डा. अर्जुनलाई देखाउन मम्मीलाई ग्रयान्डी अस्पताल लग्यौं । डाक्टरको चेकअपपछि मम्मीको छातिको केहि समस्या देखिएन । केहि भए घाँटिको डाक्टर धर्मकान्त बास्कोटालाई देखाउनु भन्ने सल्लाहले हामी फर्कियौं । हामिलाई २६ गते विहान मम्मीले त्यसो भन्दा तर्सिने भएछौं । भाइले मम्मीको अनुहारमा केहि परिवर्तन देख्यो र डरायो । अस्पताल जाऔं भन्यो । मम्मीले केहि भएको छैन, हिजो गाको त हो, धेरै पैसा भयो के हो ? प्रत्यक दिन अस्पताल जाने ? परेको छैन जान । नडराउ भन्नुभयो, अस्पताल जान आनाकानी गर्नुभयो ।

मम्मीको माग अनुसार हामीले बहिनी, ज्वाई र भान्जीलाई बोलायौं । उनिहरु आएपछि मम्मीले सबैको अगाडी मर्न पाए हुन्थ्यो है भन्नुभयो । छोरा, छोरी, बुहारी, ज्वाइँ, नातिनी सबै छौ, नी, मर्न पाए हुन्थ्यो है सबैको अगाडी भन्नुभयो । हामी सबै डरायौं, अरुले मम्मीको अनुहारमा केहि नदेखेपनि भाइले अनुहार रातो देखेछ । त्यसपछि सबैको सल्लाहाले जबरजस्ती मम्मीलाई अस्पताल लग्यौं । मम्मी नाई भन्दै कराउँदै हुनुहुन्थ्यो । टिचिङ अस्पतालको इमरजेन्सीमा मम्मीको उपचार शुरु भयो । अस्पतालको आइसियु प्याक छ भन्दै डाक्टर अन्त अपरेसन गर्न लैजा भनेपनि प्रधानमन्त्रीको अपरेसन गर्दा यहाँ कसरी गर्नुहुन्छ लौ गर्नुस् भन्दै हामि पनि डाक्टरसँग करायौं । कराउँदा मिलाउने काम सबै डाक्टरले नै गरे । सबै जाँच हँुदा हुँदै डाक्टरहरु घाँटीको अपरेसनको तयारीमा लागेका थिए । सबैभन्दा बढी मार मम्मीलाई परेको रहेछ । त्यसपछि मम्मीलाई कहाँ पुर्याइयो । अस्पतालमा को को डाक्टर आए ? क कसले के के गरे ? केहि थाहा भएन । अस्पतालनमा डाक्टरले बोलाउदै सामान र औषधी किन्न पठाउँदा त्यतैतिर व्यस्त भयौं हामी । त्यतीनै बेला मलाई एक्लै अस्पतालको एक डाक्टरबाट बोलावट भयो । डाक्टरले एकान्तमा चस्मा निकाल्दै भने …..सरी…सरी…सरी…। मैले बुझिन डाक्टर, उनले मेरो टाउकोमा हात राख्दै भने सरी त्यो दिदीलाई बचाउन सकेनौं । मैले डाक्टरलाई केहि सोध्नै सकिन । सबैलाई बोलाएँ । म रोएँ । आज मंगलबार ! मंगलबार कै दिन अपरान्ह् पौने ३ बजे ५२ वर्षको उमेरमै मम्मीको स्वर्गारोहण भयो । यो संसारमा मम्मी हुनुहुन्न । हाम्रो मनमा हुनुहुन्छ । शुरुमा टिचिड. अस्पताल झिर्न नपाएकी मेरी मम्मीको अन्तिम स्वास त्यहि अस्पतालमै गयो ।

वि.सं.२०८१ असार २६ बुधवार १६:१५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
आज विश्वासको मत लिँदै प्रधानमन्त्री ओली

आज विश्वासको मत लिँदै प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिदैछन् ।...

आइतबार विश्वासको मत लिँदै प्रधानमन्त्री ओली, विश्वासको मत दिन एमालेद्वारा ‘ह्वीप’ जारी

आइतबार विश्वासको मत लिँदै प्रधानमन्त्री ओली, विश्वासको मत दिन एमालेद्वारा ‘ह्वीप’ जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई...

नेपालकाे सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नाघ्यो

नेपालकाे सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नाघ्यो

काठमाडौँ । नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण रु २४...

उद्योग मन्त्रालयको सुधारका लागि राय सुझाव सङ्कलन गर्दै मन्त्री भण्डारी

उद्योग मन्त्रालयको सुधारका लागि राय सुझाव सङ्कलन गर्दै मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समग्र मन्त्रालयको...

चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या बढ्यो

चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या बढ्यो

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ ।...

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना, लुम्बिनीमा सतर्कता अपनाउन अनुरोध

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना, लुम्बिनीमा सतर्कता अपनाउन अनुरोध

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...