यस्तो कसरी भयो ? भन्नुस त ?
सुन्नुभएन । तपाई कहाँ जानुभएको थियो ?
एक जना मान्छे हेर्न नसक्ने । यहाँ किन आएको ? के गरेर बसेको ? यस्तो हुन्छ ? तपाई यहाँ आउनुस् । पछि पछि लागेँ म । किन त्यस्तो भयो ? आफुले केयर गर्न नसकेको भन्दै एउटा पत्र लेख्नुस् र हस्ताक्षर गरेर मलाई दिनुस् । त्यसपछि मात्र अर्को प्रक्रिया अगाडी बढ्छ । कसरी यस्तो भयो ? धेरैबेरसम्म एउटै प्रश्न दोह्राएपछि र लेख्न अर्हाएपछि मैले सुस्तरी भने, हवस् सर ।
…………………………………………………………………………………………………………………………………………………………………..
मम्मी राम्ररी बोल्न सकीरहनुभएको थिएन । रुँदै हुनुहुन्थ्यो । खोक्दै हुनुहुन्थ्यो । मेरो बोली निस्कनु त परै जाओस, मम्मीलाई देखेर आँखाभरी आँशु थियो । डाक्टरले भनेको मान्नुपर्ने र काम, कुरा गर्नुपर्ने मम्मीतीर आँखा नपल्टाएर उभिइरहेको थिए, डाक्टरको भनाई सुन्दै । यद्यपी मम्मीलाई देखेर कामिरहेको थिएँ म डरले । म भारतको नयाँ दिल्लीको अन्सारी नगरस्थित अल इन्डिया इन्च्यिुट अफ मेडिकल साइन्स (एम्स) अस्पतालको नाट कान घाटी रोग विशेषज्ञ डा. राकेश कुमारको पछि लागेँ । मैले डाक्टरले दिएको एउटा ह्वाइट पेपरमा मम्मीमा भएको समस्या लेखेँ। डाक्टर नभएको बेला अस्पतालको सैयामा एक्कासी बल्झिएको समस्या । अस्पतालका कर्मचारीलाई बोलाउँदा बोलाउँदै भएको घटना । त्यसमा उपचारको लागि आग्रह समेत गरेँ , हस्ताक्षर सहित । डाक्टरले पत्र हेरेर प्रशासनमा दिन पठाए र अपरेसनको तयारीमा लाग्न अर्हाए ।
………………………………………………………………………………………………………………………………………………………………………..
मम्मीको घाँटिको खाने नलिको अपरेसन गरेर सास फेर्न गार्हो परेकाले धेरै दिन सास फेर्न घाँटिमा सानो प्वाल बनाएर (ट्याकोस्टोमी ) गरिएको थियो । खानका लागि नाकबाट छिराएको प्लाष्टिक फुडपाइप खोक्दै गर्दा निस्किएको थियो । खाना तरल पदार्थ हुन्थ्यो, जुन नाकबाट खुवाइन्थ्यो । अब खाने समस्या समाधानका लागि पेटमा अपरेसन गरेर मेडिकल फुडपाइप लगाउनुपर्ने भएकाले डाक्टर रिसाएको प्रष्ट थियो । त्यो समस्या खोक्दै गर्दा आफै भएको हो । त्यसमा डाक्टरको, विरामीको, कुरुवाको कसैको गल्ती मैले देखिन । नोज पाइप राम्ररी नलगाएकाले खसेको आरोप आफूलाई लगाउछन् भन्ने डाक्टरको डर थियो । मैले लेखेको पत्रले डाक्टरको बाटो खुल्दै अपरेसनको पक्रिया अघि बढेको थाहा भयो । दुई दिनपछि पेटको अपरेसन भयो, खाना पेटबाट खुवाउन सुरु भयो । मम्मीलाई ५० दिनसम्म बेड नम्बर डि फोर ३३ मा राखिएको थियो । घाटिमा भएको अपरेसन पश्चात डिस्चार्जको लाइनमा बसेका हामी ५२ दिनपछि फेरी पेटकै अपरेसन गर्नुपर्याे । ६० दिनमा बल्ल अस्पतालबाट बिदा भइयो ।
ममीलाई अस्पताल भर्ना गराउन जाँदा गोविन्द केसिको अनसनले सर्वसाधारणलाई पारेको असरको त झन तुलना नै गर्न सकिदैन । विभिन्न माग राखेर डा. केसीले अनसनमा १ सय २ दिन बिताएका छन् । चिकित्सा क्षेत्रका विद्यार्थीको शुल्कदेखि टिकापुर जस्ता क्षेत्रमा मेडिकल कलेज खोल्नुपर्ने डा. केसीको माग पुरा भएको भए उपचारकै लागि मम्मी जस्तै अरुजो कोहिलाई सुदुपश्चिमको टिकापुरबाट काठमाडौं ल्याउनुपर्ने नै थिएन ।
यो घटनाभन्दा ६ महिना अघि मम्मीलाई सोहि अस्पतालमा लगिएको थियो । ओपिडिमा जचाउँदै गर्दा एक रात मम्मीलाई गार्हो भयो । अस्पताल नजिकै एक होटलबाट मम्मीलाई बोकेर मैले इमर्जेन्सीमा लगँे । २४ घण्टा बितेपछि इमर्जेन्सीबाट हटाउन लगाएर अर्को अस्पतालमा पठाउने तयारीमा अस्पताल लाग्दा म रोएँ, कराएँ । ओपिडिको डाक्टरलाई बोलाउँदा पनि समस्या अल्झिनै रह्यो । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाको पत्र उनका साथि त्यहि अस्पतालको एक विभाग प्रमुखलाई दिएपछि मम्मीलाई अस्पतालले भर्ना गर्याे । त्यसभन्दा अघि मेरा साथि महेश आचार्य, एम्समा अध्ययनरत नेपाली विद्यार्थीहरुले सक्दो कोशिस गरिरहेकै थिए । सबैको दबाब र राजनीतिले बिरामी मेरी मम्मीलाई अस्पतालले प्रेमपुर्वक भर्ना ग¥यो । भर्ना भएपछि नेपालको रिपोर्ट हेर्दै पूर्ण रुपमा सबै जाँच गर्याे । त्यहिखेर नै मम्मीको नाकमा खाने पाइप लगाइएको थियो । घाटिको अपरेसनको तयारीमा मम्मीको सबै जाँच भयो । जाँचकै क्रममा अस्पतालको डि फोर वान वेडमा मम्मीको ४५ दिन बित्यो ।
……………………………………………………………………………………………………………………………………………………………………
मम्मीलाई लगेर म दोस्रो पल्ट भारत गएको थिएँ । म पहिलो पटक भारत एउटा तालिममा गएको थिएँ । मेरो घरबाट ३० किलोमिटर नजिक भारत भए पनि मलाई हिन्दि बोल्न आउँदैनथ्यो । डाक्टर राकेशले अंग्रेजीमा कुरा गरे पनि शुरुमै भाषामा समस्या देखाएपछि मम्मीको बेडमा हुने ३ जना स्टाफ नर्सलाई पालै पालो हिन्दी भाषा सिकाउन भने । मलाई लेडिज र जेन्स नर्सहरुले हिन्दी भाषा सिकाउने कोशिस गरे । धेर थोर हिन्दी बोल्न जान्ने भएँ म । म अहिले पनि खुसि छु अर्को भाषा जानेकोमा । एक्लै भएको र दशैँ नजिकिएकाले काठमाडौंबाट भाइ किशोर र श्रीमती समितालाई दिल्ली बोलाएँ । हाम्रो दशै भारतको अस्पतालमा बित्यो । हाम्रो संस्कृतिमा भारत, भुटानलगायत देशका धेरै व्यक्ति, डाक्टर छक्क परे । मम्मीले ओच्छ्यानबाटै हामिलाई टिका लगाइदिनुभयो । हामि यसैमा खुसि हुने बाध्यता भयो । बहिनी करुणा, ज्वाइँ विष्णु र भान्जी विशाका नेपाल घरमै थिए, फोनमा कुरा हुन्थ्यो । जाँचकै क्रममा पौने २ महिना अस्पतालमा बिताएको, मम्मी निकै कमजोर हुनुभयो । तौल, घट्दै गयो । नाकबाट यति खुवाएर पुगेन भन्दै अरु १५ दिनपछि मम्मीको डिस्चार्ज भयो । नाकको पाइपबाट प्रोटिन लगायत औषधी अरु खानेकुरा खादै मम्मी ४ महिना घर बस्न बाध्य हुनुभयो । हामी मम्मीलाई सक्दो कोशिसले खुवाउनेलगायत सेवा गरिरहेका थियौं । त्यसबेला मेरी श्रीमती समिताले स्नातोकोत्तर पढ्दै मम्मीको सेवामा तैनाथ भइन् ।
मम्मीको अवस्था देखेर हामी कति रोयौं कति । त्यसको कुनै हिसाब छैन । मेरी हजुरआमा (मम्मीको आमा) कति रुनुभयो त्यसको कुनै लेखाजोखा छैन । सानैदेखि मम्मीमा निर्भर भएका हामि आतंकित हुन्थ्यौं त्यसको वर्णन गरेरै सकिदैन । त्यसमा पनि ममीलाई अस्पताल भर्ना गराउन जाँदा गोविन्द केसिको अनसनले सर्वसाधारणलाई पारेको असरको त झन तुलना नै गर्न सकिदैन ।
………………………………………………………………………………………………………………………………………………………………………..
मम्मी ४ महिना भारतको एम्स अस्पतालमा बिताउनु अघि २ महिना नेपालकै अस्पतालमा भर्ना हुनभएको थियो । २०६९ असारको अन्तिम साता मम्मीलाई टिचिङ अस्पताल उपचार गर्न लग्दा डा. गोविन्द केसी पहिलो पटकको अनसनमा रहेकाले उपचारमा गार्हो प¥यो । सबैको सल्लाहमा पाटन अस्पतल लगियो । कमजोरीले छातिमा मम्मीको समस्या आयो । डा. अर्जुन कार्कीले मम्मीको उपचार गर्दै गए । ५९ दिनमा डिस्चार्ज भए पनि मम्मीलाई ट्याकोस्टोमिको प्वाल पूर्ण रुपमा ठिक भएन । त्यसपछि डाक्टरहरुको सल्लाहमा भारतको एम्स अस्पतालमा लगिएको थियो । एम्समा रहदा विश्राम सदनमा प्रतिदिन १ सय भारतिय रुपैयाँमा सिंगल रुम पाइने व्यवस्थाले मलाई ४ महिना बस्न सहज बनायो ।
…………………………………………………………………………………………………………………………………………………………………….
मम्मीको अवस्था देखेर हामी कति रोयौं कति । त्यसको कुनै हिसाब छैन । मेरी हजुरआमा (मम्मीको आमा) कति रुनुभयो त्यसको कुनै लेखाजोखा छैन । सानैदेखि मम्मीमा निर्भर भएका हामि आतंकित हुन्थ्यौं त्यसको वर्णन गरेरै सकिदैन । त्यसमा पनि ममीलाई अस्पताल भर्ना गराउन जाँदा गोविन्द केसिको अनसनले सर्वसाधारणलाई पारेको असरको त झन तुलना नै गर्न सकिदैन । विभिन्न माग राखेर डा. केसीले अनसनमा १ सय २ दिन बिताएका छन् । चिकित्सा क्षेत्रका विद्यार्थीको शुल्कदेखि टिकापुर जस्ता क्षेत्रमा मेडिकल कलेज खोल्नुपर्ने डा. केसीको माग पुरा भएको भए उपचारकै लागि मम्मी जस्तै अरुजो कोहिलाई सुदुपश्चिमको टिकापुरबाट काठमाडौं ल्याउनुपर्ने नै थिएन ।
तर केसीको मागसँगैको आन्दोलनले अस्पतालमा उपचारार्थ पुग्ने सर्वसाधारणलाई पर्ने असरमा पनि मर्म बुझ्नुको विकल्प थिएन । मेरो मम्मीको उपचार गर्न गएको बेलादेखि गत मंसिरसम्म डा. केसी अनसनमा बसेकै थिए । उनको अनसनमा कोहि समर्थनमा हुन्छन्, कोहि विरोधमा उत्रन्छन् । त्यो समय र मान्छे अनुसार फरक फरक हुन्छ । यदि तिमी साँच्चिकै चोर हौ भने जति सक्छौ विद्या चोर धन हाेइन, ……….यस्तै दार्शनिक थाेराेकाे भनाई … ….पुरानो कोट लगाउ.. नयां पुस्तक किन …… यसका लागि पनि धेरै सहयोग नै महत्वपूर्ण रहेछ । मम्मीलाई त्यतिखेर भारत लगेर ठिक भयो । तैपनि असाध्यै ठूलो पिडित भएको छु, यसको वर्णन गर्न नै सकिँदैन र कसैले नि बुझ्दैन । अब मैले कोट त नयॉ नै लाउनुपर्छ । पुस्तक अरुले प्रयोग गरेकै नयॉ शिषर्कका पुराना किन्न सक्ने बन्नुपर्छ । अस्पतालमा विभिन्न विरोधले सर्वसाधारणलाई अफ्टेरोमा पार्नुहुदैन । त्यसको लागि अन्य डा. केसीहरुको पनि उत्पति नहोस् । जसमा सरकार समयानुसार परिर्वतन गर्न सक्ने क्षमतावान हुनुपर्छ ।
४ वर्षसम्म दिनहुँ औषधी प्रयोग गरेरै बाँच्न सक्नुभयो । मम्मी, औषधी र अस्पताल एक अर्काका परिपुरकजस्तै लाग्न थालेको थियो हामीलाई । मम्मीलाई अस्पतालले औधषीले गर्दा बचायो । तर त्यो समय धेरै रहन सकेन । उपचार सुरु गरेको ४ वर्ष पछि अर्थत २०७२ साल माघ २६ गते बिहान समाचार सुन्दै मम्मीले भन्नुभयो ‘आज मंगलबार राम्रो बार नेपाली काँग्रेसका सभापती सुशिल कोइराला मरेछन् । म पनि आजै मर्न पाए हुन्थ्यो ।’
………………………………………………………………………………………………………………………………………………………………………..
मम्मी भारतमा उपचारपछि नेपाल फर्कनुभयो । ४ वर्षसम्म दिनहुँ औषधी प्रयोग गरेरै बाँच्न सक्नुभयो । मम्मी, औषधी र अस्पताल एक अर्काका परिपुरकजस्तै लाग्न थालेको थियो हामीलाई । मम्मीलाई अस्पतालले औधषीले गर्दा बचायो । तर त्यो समय धेरै रहन सकेन । उपचार सुरु गरेको ४ वर्ष पछि अर्थत २०७२ साल माघ २६ गते बिहान समाचार सुन्दै मम्मीले भन्नुभयो ‘आज मंगलबार राम्रो बार नेपाली काँग्रेसका सभापती सुशिल कोइराला मरेछन् । म पनि आजै मर्न पाए हुन्थ्यो ।’ एकदिन अघि माघ २५ गते केहि अफ्ट्यारो भएको महसुस गरेपछि डा. अर्जुनलाई देखाउन मम्मीलाई ग्रयान्डी अस्पताल लग्यौं । डाक्टरको चेकअपपछि मम्मीको छातिको केहि समस्या देखिएन । केहि भए घाँटिको डाक्टर धर्मकान्त बास्कोटालाई देखाउनु भन्ने सल्लाहले हामी फर्कियौं । हामिलाई २६ गते विहान मम्मीले त्यसो भन्दा तर्सिने भएछौं । भाइले मम्मीको अनुहारमा केहि परिवर्तन देख्यो र डरायो । अस्पताल जाऔं भन्यो । मम्मीले केहि भएको छैन, हिजो गाको त हो, धेरै पैसा भयो के हो ? प्रत्यक दिन अस्पताल जाने ? परेको छैन जान । नडराउ भन्नुभयो, अस्पताल जान आनाकानी गर्नुभयो ।
मम्मीको माग अनुसार हामीले बहिनी, ज्वाई र भान्जीलाई बोलायौं । उनिहरु आएपछि मम्मीले सबैको अगाडी मर्न पाए हुन्थ्यो है भन्नुभयो । छोरा, छोरी, बुहारी, ज्वाइँ, नातिनी सबै छौ, नी, मर्न पाए हुन्थ्यो है सबैको अगाडी भन्नुभयो । हामी सबै डरायौं, अरुले मम्मीको अनुहारमा केहि नदेखेपनि भाइले अनुहार रातो देखेछ । त्यसपछि सबैको सल्लाहाले जबरजस्ती मम्मीलाई अस्पताल लग्यौं । मम्मी नाई भन्दै कराउँदै हुनुहुन्थ्यो । टिचिङ अस्पतालको इमरजेन्सीमा मम्मीको उपचार शुरु भयो । अस्पतालको आइसियु प्याक छ भन्दै डाक्टर अन्त अपरेसन गर्न लैजा भनेपनि प्रधानमन्त्रीको अपरेसन गर्दा यहाँ कसरी गर्नुहुन्छ लौ गर्नुस् भन्दै हामि पनि डाक्टरसँग करायौं । कराउँदा मिलाउने काम सबै डाक्टरले नै गरे । सबै जाँच हँुदा हुँदै डाक्टरहरु घाँटीको अपरेसनको तयारीमा लागेका थिए । सबैभन्दा बढी मार मम्मीलाई परेको रहेछ । त्यसपछि मम्मीलाई कहाँ पुर्याइयो । अस्पतालमा को को डाक्टर आए ? क कसले के के गरे ? केहि थाहा भएन । अस्पतालनमा डाक्टरले बोलाउदै सामान र औषधी किन्न पठाउँदा त्यतैतिर व्यस्त भयौं हामी । त्यतीनै बेला मलाई एक्लै अस्पतालको एक डाक्टरबाट बोलावट भयो । डाक्टरले एकान्तमा चस्मा निकाल्दै भने …..सरी…सरी…सरी…। मैले बुझिन डाक्टर, उनले मेरो टाउकोमा हात राख्दै भने सरी त्यो दिदीलाई बचाउन सकेनौं । मैले डाक्टरलाई केहि सोध्नै सकिन । सबैलाई बोलाएँ । म रोएँ । आज मंगलबार ! मंगलबार कै दिन अपरान्ह् पौने ३ बजे ५२ वर्षको उमेरमै मम्मीको स्वर्गारोहण भयो । यो संसारमा मम्मी हुनुहुन्न । हाम्रो मनमा हुनुहुन्छ । शुरुमा टिचिड. अस्पताल झिर्न नपाएकी मेरी मम्मीको अन्तिम स्वास त्यहि अस्पतालमै गयो ।
वि.सं.२०८१ असार २६ बुधवार १६:१५ मा प्रकाशित































