back
CTIZAN AD

बक्यौता नतिरेको भन्दै जगदम्बा सिन्थेटिक र हुलास स्टिलको लाइन काटियो

वि.सं.२०८१ असार २७ बिहीवार

648 

shares

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जगदम्बा सिन्थेटिक्स र हुलास स्टिलको लाइन काटेको छ । डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै प्राधिकरणले यी दुई उद्योगको लाइन काटेको हो ।

प्राधिकरणका अनुसार जगदम्बा सिन्थेटिक्सले प्राधिकरणलाई १६ करोड ४ लाख र हुलास स्टिलले ११ करोड २९ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

उद्योगहरुले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत विद्युत् प्रयोग गरेबापत २०७२ माघदेखि २०७५ वैशाखसम्मको ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँ तिर्न बाँकी छ ।

यसअघि प्राधिकरणले यी दुईसहित अन्य बक्यौता तिर्न बाँकी उद्योगहरूको नाममा बक्यौता तिर्न असार ९ गते १५ दिने अल्टिमेटमसहित पत्र पठाएको थियो । तर, त्यस अवधिमा पनि उद्योगले बक्यौता तिर्ने छाँटकाँट नदेखाएपछि लाइन काटेको प्राधिकरणले जनाएको छ ।

वि.सं.२०८१ असार २७ बिहीवार १४:२० मा प्रकाशित

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...