back
CTIZAN AD

साउन महिना शिवको महिना, भक्तजनका लागि पशुपतिनाथमा तयारी पूरा

वि.सं.२०८१ असार ३१ सोमवार

4.7K 

shares

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा साउन महिनाको सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साउन भगवान् शिवको महिना भएकाले पशुपतिमा भक्तजनको बढी भीड लाग्ने गर्छ ।

यस वर्ष साउन महिनामा पशुपति क्षेत्रमा कोटी होम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रम राखिएकाले विगत वर्षमा भन्दा अझ बढी भीड हुने भएकाले सुरक्षा बैठकलगायत तयारी गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए । पशुपति क्षेत्रमा आजैदेखि चहलपहल सुरु भएको छ ।

साउनका चार सोमबार, चार शनिबार, नागपञ्चमी, गुरुपूर्णिमामा बढी भीड हुने भएकाले त्यसैअनुसार तयारी गरिएको उनले बताए । साउनमा पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान तीन बजेदेखि खुला गरिने छ । कोषले असार १ गतेदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गर्न थालेको थियो । साउन महिनामा आउने भक्तजनका लागि सहज होस् भनी चारै ढोका बिहान तीन बजेदेखि नै खुला गर्न लागिएको हो ।

हरितालिका (तीज), बाला चतुर्दशी, महाशिवरात्रि, वैशाख १ गतेको नयाँ वर्ष, अक्षय तृतीया, जनैपूर्णिमाजस्ता पर्वमा एक वा दुई दिन पशुपति क्षेत्रमा भीड हुने भएपनि साउन महिनामा भने महिनैभर भक्तजनको विशेष भीड लाग्ने गर्छ ।

पशुपति क्षेत्रमा लाग्न सक्ने भीडलाई व्यवस्थित गर्ने गरी कोषले स्वयंसेवकसमेत खटाउने जनाइएको छ । साउने मेलाका लागि दमकल, एम्बुलेन्सको पनि व्यवस्था गरिएको छ ।

साउनमा भक्तजनले सुन्दरीजलस्थित वाग्मती नदीको शुद्ध जल पशुपतिमा ल्याई चढाउने बोल बम मेलाका कारण पनि भीड हुने गरेको छ । बोल बम मेलामा नेपालका मात्र नभई भारतीय पर्यटक पनि सहभागी हुने गरेका छन् ।

वि.सं.२०८१ असार ३१ सोमवार २१:१४ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...