back
CTIZAN AD

साहित्यकार अधिकारीको ‘जीवन दर्पण’ पुस्तकको समीक्षा कार्यक्रम सम्पन्न

वि.सं.२०८१ असार ३१ सोमवार

1.1K 

shares

दाङ। राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत १९२ औँ श्रृङ्खलामा साहित्यकार एकराज शर्मा अधिकारीको ‘जीवनदर्शन’ पुस्तकको दाङको नेपाल पत्रकार महासङ्घको हलमा भव्य रूपमा समीक्षा गरिएको छ ।

राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो।

प्रगतिशील लेखक संघ केन्द्रका सल्लाहकार तथा वरिष्ठ साहित्यकार पदमप्रसाद शर्माले कृतिको समीक्षा गरेका थिए । कुल १४३ पृष्ठको कृतिमा ३८ वटा शीर्षकमा विभिन्न विषय समावेश भएको साहित्यकार शर्माले बताए ।

राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा. टीकाराम उदासी, लेखक सङ्घका अध्यक्ष खगराज न्यौपाने सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतम, विश्व साहित्य सङ्घ दाङका अध्यक्ष डा. कृष्णराज डिसी, सिस्नोपानी नेपालका दाङ शाखाका अध्यक्ष लोकराज पराजुली, राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा, राप्ती साहित्य परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष दीपक शर्मा “समीर“ प्रगतिशील लेखक सङ्घ दाङका कोषाध्यक्ष चन्द्रबहादुर थापा, प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य रामप्रसाद जैसी, पुरस्कार संस्थापक हरिप्रसाद पाण्डे, अर्का पुरस्कार चन्द्रप्रकाश देवकोटा, झिल्का साहित्य समाजका अध्यक्ष वसन्त अनुभव लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वरिष्ठ साहित्यकार गणेश विषम, यज्ञबहादुर डाँगी, गीतकार प्रकाश केसी, गजलकार खिम केसी, पत्रकार लेलिन बन्जाडे, गोविन्द खड्का, छवि पुरी, लिलाधर ओली लगायतको गरिमामय उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा साहित्यकारहरू सुरेश कुमार पाण्डे, हरिप्रसाद पाण्डे स्वर्णशिखा धनसिंह गिरी, नगेन्द्र गुरु, श्रीधर अधिकारी ,सुवाष न्यौपाने, जी.बी. चिन्तन ,मधुसुधन गौतम, शरद गौतम, रामकुमार पौडेल, कुलबहादुर ओली, विशाल गुप्ता, महेश कुमार न्यौपाने, रिमा गौतम, नमराज अधिकारी, एकनारायण चापागाई, कमला रावत, कमला रिजाल, वसन्त पाण्डे, गोविन्द रसाइली, दामोदर पौडेल, मिना आचार्य, गोपाल भुसाल अभिलाषी, कृष्णप्रसाद गौतम, योजना बुढाथोकी लगायतको गरिमामय उपस्थिति रहेको थियो ।

राप्ती साहित्य परिषद् दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सहसचिव वीणा रोकाले गरेकी थिइन् ।

कार्यक्रममा जीवन दर्शन पुस्तकका लेखक एकराज शर्मा अधिकारीलाई संस्थाको तर्फबाट प्रशंसा पत्रले सम्मान गरिएको थियो।

वि.सं.२०८१ असार ३१ सोमवार २१:२६ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...