back
CTIZAN AD

इन्द्र जिसीको घरपरिवार बिग्रीनुको यस्तो छ कारण

वि.सं.२०७४ जेठ २ मंगलवार

981 

shares

yo-mayale-pagalत्यसो त गायक ईन्द्र जिसी मल्टिपल प्रतिभाका धनी सेलिब्रेटी गायकको रुपमा चिनिन्छन् । उनले दर्जनौ सफल एल्बम मार्फत आफ्नो प्रतिभाको लोहा मनाईसकेका छन् । गितसंगितको साथमा सम्बन्ध बढाऊन सिपालु जिसीले आफुलाई ‘पत्नीभक्त’ गायक मान्छन् ।

नेपालकै ‘सफलतम जोडी’ मानिने जिसीको घरबारमा ग्रहण लागेको चर्चा अहिले नेपाली बजारमा चल्न थालेपछि उनका फ्यानहरु ससंकित भएका छन् । के तपाई पनि सोचमा पर्नुभयो ? भर्खरै रिलिज भएको एल्बम ‘बैमानीको जालैमा परियो’ मा गायक जिसीले कुनै तेस्रोको आगमनले पारिवारिक जिवनमा परेको असर औल्याएका छन । गितकार तथा संगितकार धनेन्द्र न्यौपानेको शव्द तथा स्व आईशा न्यौपानेको लयमा गायक जिसीलाई चर्चित गायिका टिका पुन,धनेन्द्र न्यौपाने र माया गुरुङ्गले साथ दिएका छन् ।

‘बैमानीको जालैमा परियो, माया भन्दा हुरुक्कै मरियो, यो मायाले पागल बनायो, न त हाँस्ने बनायो नत रुने बनायो यस्तै रैछ अभागी करिम नत निल्नु, थुक्नु बनायो’ भन्दै गायकले तेस्रो मान्छेको प्रवेशले आफ्नो घरबार बिग्रेको जिकिर गरेका छन्। पारिवारिक भिडियो बनाएका छौ ।”

“पारिवारमा एउटाले गरेको गल्तीले पुरै परिवार तहस नहस भएको घटनालाई देखाईएको छ” गायक जिसीले भने । पाल्पाका कुसल छाँयाकार सन्तोश बस्यालले खिचेको भिडियोको निर्देशन धनेन्द्र न्यौपाने र कोरियोग्राफी सुमन थापाले गरेका छन् । दुखद् पक्ष यस म्युजिक भिडियोमा लय दिएकी आईशा न्यौपानेको छ महिना अघि असमायिक निधन भएको थियो । “यो म्युजिकमा लय दिएर १२ बर्षकै कलिलो उमेरमा यो दुनिया छोडेकी नानुले आफैले संगित गरेको म्युजिक सुन्न पाईनन तर दुनियालाई आफ्नो प्रतिभा छोडेर गईन”

पत्रकार तथा म्युजिक भिडियोका हिस्सा सन्तोष बस्यालले भने । पत्रकार देबेन्द्र केसी, बबिता पन्थी र कमल बस्यालको अभिनय रहेको एल्बममा सुमन थापा र देवी थापाको नृत्य रहेको छ । ‘स्व नानुको प्रतिभालाई एक पटक सबैले हेरिदिनुहोला उनी हामी बिच नभएपनि उनको लय सबैको मनमा बसोस यहि नै नानुप्रति सच्चा श्रद्धासुमन हुनेछ’ गायिका टिका पुनले भनिन । टि टाईम म्युजिकले बजारमा ल्याएको ऐल्बम लाई बिषेश रेकर्डिङ्ग स्टुडियोमा स्वर रेकर्ड गरिएको थियो ।

यो एल्बमसँग सम्बन्धित अझ बिषेश कुरा यो ऐल्बमका फाउण्डर तथा गायक धनेन्द्र न्यौपाने मृगौला पिडित तथा स्व आईशा न्यौपानेको पिता हुनुन्छ । एक त मृगौलाको गम्भिर पिडित त्यसैमाथी एकमात्र सन्तान छोरीको असमायिक निधनको बज्रपात ! तर पनि जाने बेलामा छोरीले छोडेको अधुरो सपनालाई जगसामु ल्याउन एउटा बाबुले गरेको अथक परिश्रमको निसानी हो यो एल्बम । नियतिको कठोर बज्रपातको सिकार यो बाबुलाई स्यालुट हाम्रो पनि ! नआत्तिनुस तपाईको यात्रा उज्जवल छ ।

वि.सं.२०७४ जेठ २ मंगलवार ०३:१० मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...