back
CTIZAN AD

कार्यालय परिसरमै नकुहिने फोहर व्यवस्थापन गर्दै नगरपालिका

वि.सं.२०८१ साउन ९ बुधवार

891 

shares

डुम्रे (तनहुँ) । तनहुँको व्यास नगरपालिकाले जग्गा व्यवस्थापन नहुँदासम्म नकुहिने फोहर कार्यालय परिसरमै व्यवस्थापन गर्ने भएको छ । नगरपालिकाले अर्को स्थानको व्यवस्था नभएसम्म कार्यालय परिसरमा फोहर व्यवस्थापन गर्न लागेको हो ।

नकुहिने र पुनः प्रयोगमा ल्याउन सकिने सामग्री व्यवस्थापनका लागि जग्गा खरिद प्रक्रियामा रहेकाले त्यसको टुङ्गो नलागेसम्म वा अर्को व्यवस्था नभएसम्म कार्यालय परिसरमा राखेर व्यवस्थापन गर्न लागिएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

उनका अनुसार फोहर व्यवस्थापनका लागि जग्गा व्यवस्थापन नहुँदा दमौली बजार क्षेत्रसँगै विभिन्न स्थानबाट साउन १ गतेदेखि उठाउन नसकिएको फोहर सङ्कलन गर्न थालिएको छ । उनले भने, “नगरपालिकाले फोहर उठाउनुभन्दा यहीँ खाली ठाउँ रहेकाले कार्यालय परिसरबाट व्यवस्थापन गर्ने निर्णय गरेका छौँ ।” नगरपालिकाले फोहर उठाउन नसकेपछि अधिकांश चोकमा फोहर थुप्रिँदा दुर्गन्धित र कुरुप हुने गरेकाले अहिले उठाएर व्यवस्थापन गरिरहेको नगर प्रमुख न्यौपानेले बताए ।

नगरपालिकाले यसअघि व्यास नगरपालिका-३ मादीनदी किनारस्थित भतेरीमा नकुहिने फोहर व्यवस्थापन गर्दै आएकामा सम्झौता अवधि सकिएपछि फोहर व्यवस्थापनमा कठिनाइ भएको जनाएको छ । नगरपालिकाको भत्काइएको पुरानो सभाहलमा नकुहिने फोहर राखेर वर्गीकरण गरी बिक्री वितरण गर्ने योजना बनाएको व्यासका प्रवक्ता एवं व्यास-६ का वडाध्यक्ष जीवन गुरुङले जानकारी दिए ।

उनका अनुसार फोहरमैला व्यवस्थापनका लागि व्यास-१३ मा जग्गा खरिद प्रक्रिया अगाडि बढिसकेको छ । उनले भने, “जग्गा दिँदा फोहर मैलाले दुर्गन्ध हुन्छ भन्ने जनमानसको भ्रम र त्रासलाई चिर्न नगरपालिकाले उदाहरणीय किसिमले काम थालनी गरेको हो ।”

व्यास नगरपालिकामा नकुहिने करिब दैनिक पाँच टन र कुहिने तीन टन फोहर सङ्कलन हुने गरेको छ । नगर प्रमुख न्यौपानेले भने, “कुहिने फोहरलाई व्यास-१० दुम्सीस्थित गौ संरक्षण केन्द्रमा व्यवस्थापन गर्दै आएका छाैँ । नकुहिने फोहर व्यवस्थापनमा समस्या भएको हो ।”
रासस /फाइल फोटो

 

वि.सं.२०८१ साउन ९ बुधवार १६:१३ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...