back
CTIZAN AD

एक वर्षमा क्यासिनोबाट एक अर्ब ३३ करोड राजस्व संकलन

वि.सं.२०८१ साउन ९ बुधवार

1.3K 

shares

काठमाडौ । एक वर्षको अन्तरालमा २१ वटा क्यासिनोले राजस्व बुझाएर दर्ता नवीकरणपत्र लिएका छन् । पर्यटन विभागका अनुसार अघिल्लो आर्थिक वर्षको अन्त्य सम्म ती क्यासिनोबाट एक अर्ब ३३ करोड ७८ लाख ९२ हजार दुई सय रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

सरकारले सबै क्यासिनो तथा मनोरञ्जन खेल सञ्चालनको अनुमतिपत्र (लाइसेन्स) प्राप्त कम्पनीलाई २०८१ असार मसान्तभित्र राजस्व बुझाउन अल्टिमेटम दिएको थियो । समयमै राजस्व नबुझाउने त्यस्ता कम्पनीको दर्ता खारेज गर्ने सरकारको चेतावनी थियो ।

होटल, पर्यटन तथा क्यासिनो दर्ता, नवीकरणको जिम्मेवारी पर्यटन विभागलाई दिइएको छ । विभागका अनुसार ८ वटा ठुला क्यासिनोबाट ४० करोड रुपैयाँ राजस्व र १० करोड रुपैयाँ नवीकरण दस्तुर उठेको छ ।

यस्तै, १३ वटा साना तथा मझौला खालका (आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने) क्यासिनोबाट १९ करोड ५० लाख रुपैयाँ राजस्व र ६ करोड ५० लाख रुपैयाँ नवीकरण शुल्क उठेको विभागले जनाएको छ ।

वि.सं.२०८१ साउन ९ बुधवार १६:१३ मा प्रकाशित

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...