काठमाडौं । पोखरामा भएको स्कुल बस दुर्घटनाबारे छानबिन समिति गठन भएको छ । गर्न पोखरा महानगरपालिकाले शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।
समितिले सात दिन भित्र प्रतिवेदन पेस गर्ने गर्नुपर्ने छ । समितिमा उपसचिव कृष्णप्रसाद तिवारी, महानगरीय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापा र मेकानिकल इन्जिनियर सरोज चालिसे सदस्य छन् भने समितिको सदस्य सचिवमा शिक्षा अधिकृत रामप्रसाद तिवारी छन् ।
बिरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलको बस सोमबार बिहान पोखरा-२१ छरछरेमा विद्यार्थीसहित दुर्घटना भएको थियो । दुर्घटना हुँदा विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीय आरती विक र उनका ६ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनीहरूको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाग्रस्त बसका चालक, एक शिक्षिका, एक अभिभावक र घाइते २५ विद्यार्थीको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
वि.सं.२०८१ साउन १४ सोमवार १७:०८ मा प्रकाशित






























