back
CTIZAN AD

सिसीटिभी क्यामेरा बिग्रिँदा अपराध अनुसन्धानमा समस्या

वि.सं.२०८१ साउन १४ सोमवार

915 

shares

कञ्चनपुर । पूर्व-पश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका क्षेत्रका बजारमा जडान गरिएका सिसीटिभी क्यामेरा बिग्रिँदा प्रहरीलाई अपराध अनुसन्धान गर्नमा समस्या हुन थालेको छ ।

नगरपालिकाको झलारी, वनसमिति, कलुवापुर लगायतका बजार क्षेत्रमा जडान गरिएका एक दर्जन बढी सिसीटिभी क्यामेरामध्ये तीन मात्रै सञ्चालनमा रहेका छन् । तीन वर्षअघि बजार क्षेत्रका मुख्य चोकमा सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा सिसीटिभी क्यामेरा जडान गरिएका थिए ।

मुख्य चोकका क्यामेरा नै बिग्रिएको अवस्थामा रहेका छन् । गत वर्ष नगरपालिकाले झलारी बजार क्षेत्रमा जडान गरेका सिसिटिभी क्यामेरासमेत बिग्रिएका छन् । प्रहरीलाई अपराध अनुसन्धानमा सहयोग पुर्याउन, चोरी लगायतका घटना नियन्त्रण गर्न, ट्राफिक समस्या समाधान गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि सिसि क्यामेरा जडान गरिएका हुन् ।

बजार क्षेत्रका सिसीटिभी क्यामेरा बिग्रिएपछि प्रहरीले सवारी दुर्घटना तथा अन्य अपराधिक घटनाको अनुसन्धान गर्नका लागि बजार क्षेत्रका स्थानीय व्यापारीले पसल अगाडि जडान गरेका सिसिटिभी क्यामेराको सहयोग लिनुपर्ने बाध्यता सिर्जना भएको छ ।

आइतबार मात्रै झलारी बजार क्षेत्रमा नगरपालिकाको वडा नं ५ का अन्दाजी ४५ वर्षीय खडकबहादुर साउद सडक छेउ घाइते अवस्थामा फेला परे । महाकाली सिँचाइ परियोजनाले निर्माण गरिरहेको नहरको निर्माणाधीन टर्सरीको सरियाले अनुहार छेडेर टाउकोमा पुगेको अवस्थामा उनी फेला परे । तत्कालै प्रहरीको सहयोगमा साउदलाई अस्पताल पुर्याइएको थियो ।

राजमार्गका सिसीटिभी क्यामेरा बिग्रिएको हुँदा प्रहरीले घटनाबारे अनुसन्धान गर्नका लागि स्थानीय व्यापारीले जडान गरेका सिसि क्यामेराकै सहयोग लिनुपर्यो । धेरै जना व्यापारीको सिसी क्यामेरा हेरेपछि मात्रै प्रहरीले घटनाको यथार्थ पत्ता लगायो । “बजार क्षेत्रमा जडान गरिएका क्यामेरा नबिग्रिएको भए सहज रुपमा घटनाबारे जानकारी लिन सकिन्थ्यो”, इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरले भने, “क्यामेरा बिग्रिँदा घटना बारे यथार्थ पत्ता लगाउन निकै सङ्घर्ष गर्नुपरेको छ ।”

राजमार्ग क्षेत्रमा जडान गरिएका एक-दुई बाहेक अधिकांश सिसी क्यामेरा बिग्रिएको अवस्थामा रहेको उनले जानकारी दिए । बिग्रिएका सिसी क्यामेरा मर्मत सम्भार गर्नका लागि नगरपालिका कार्यालयमा प्रस्ताव पेस गरेको धेरै समय हुँदा पनि मर्मत हुन नसकेको उनको भनाइ छ । आश्वासन पाइने गरे पनि मर्मतको कार्य नभएको उनले उल्लेख गरे ।

वि.सं.२०८१ साउन १४ सोमवार १८:०३ मा प्रकाशित

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

धादिङ । प्रलयकारी बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

काठमाडौं । गत २६ अगस्टमा भोटेकोसी–त्रिशूली नदी बेसिनमा आएको विनाशकारी...

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...