back
CTIZAN AD

धुर्कोटका पाँच सय ५९ घरमा खानेपानीको व्यवस्था

वि.सं.२०८१ साउन १५ मंगलवार

813 

shares

तम्घास । धुर्कोट गाउँपालिका–३ हाडहाडेमा सञ्चालित ठूलामूल लिफ्टिङ खानेपानी आयोजनाबाट पाँच सय ५९ घरमा खानेपानी सुविधा उपलब्ध भएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा सुरु भएको उक्त योजना हालै सम्पन्न भएको हो । एउटै आयोजनाबाट यति धेरै घरमा शुद्ध पेयजलको व्यवस्था भएको धुर्कोट पालिकाको यो पहिलो ठूला खानेपानी आयोजना हो । आयोजनाबाट हाडहाडेका मोटिखर्क, निन्यूखर्क, पाथ्थरपानी, अबुवा, सिर्बु, मोरमारेलगायत टोलका बासिन्दा लाभान्वित भएका छन् ।

आयोजनाबाट झण्डै दुई हजार दुई सयभन्दा बढी अप्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । सैनिक प्रावि, वडा कार्यालय, स्वास्थ्य चौकीलगायत संस्थाहरुमा यसै आयोजनाको पानी उपलब्ध गराइएको छ । दैनिक रुपमा घरमै पानी आएपछि स्थानीयको दैनिकी फेरिएको छ । “पहिले–पहिले एक घण्टा हिँडेर पानी लिन जानुपथ्र्यो ।” स्थानीय ६८ वर्षीया मनकुमारी थापाले भने, “अहिले घरमै पानी आउदा सहज भएको छ ।” पहिले खेताला लगाएर पानी ल्याएको उनले बताए ।

ठुलामूल खानेपानी उपभोक्ता समितिका सचिव नीरबहादुर घमले आयोजना सम्पन्न गर्न रु चार करोडभन्दा बढी खर्च भएको बताए । आयोजना सम्पन्न भएसँगै हाडहाडेका पाँच सय ५९ घरमा धारा जडान भएका छन् । धुर्कोट गाउँपालिकामा पाँच हजार तीन सय ८२ घर छन् । हाल पालिकाका अधिकांश घरमा स्वच्छ पानीको सुविधा उपलब्ध छ ।

वि.सं.२०८१ साउन १५ मंगलवार ११:५९ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...