back
CTIZAN AD

एनआरएनए यूकेद्वारा पत्रकार महासंघ युकेको नयाँ कार्यसमितिलाई विशेष सम्मान

वि.सं.२०८१ साउन १८ शुक्रवार

1.1K 

shares

लन्डन । एनआरएनए यूकेले हालै निर्वाचित विमला सेने नेतृत्वको नेपाल पत्रकार महासंघ यूके नयां कार्यसमितिलाई सम्मान गरेको छ ।

आइतबार अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा आयोजित एक कार्यक्रममा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, प्रमुख संरक्षक डेभिड गुरुङ, प्रमुख सल्लाहकार डा. भीम पुन लगायतले नेपाल पत्रकार महासंघ यूके अध्यक्ष विमला सेने, वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, उपाध्यक्षद्वय प्रमिला लावुङ राई र शिव भण्डारी, कोषाध्यक्ष एसके गुरुङ, सह–कोषाध्यक्ष सुरेन्द्र इंग्नाम, सदस्यहरु वाचस्पति रेग्मी, गोमा राना, बम थापा सूर्यवंशी, मिलन तमु र नरेन्द्र नेम्वाङलाई फेथा, पुष्पगुच्छा र ‘टोकन अफ लभ’ बाट सम्मान गरे ।

पत्रकार महासंघ यूके अध्यक्ष सेनेले विशेष सम्मान गरेकामा एनआरएनए यूकेप्रति धन्यवाद व्यक्त गर्दै नेपाली समुदायको अपेक्षा अनुसार संस्था पत्रकारितामा निरन्तर लागिरहने प्रण गरिन् । उनले नेपाली समुदायको हितका लागि भावी दिनमा एनआरएनए यूकेसंग सहकार्य गर्ने समेत जनाइन् ।

प्रमुख संरक्षक डेभिड गुरुङले पत्रकार महासंघको नयां कार्यसमितिलाई बधाई दिंदै अझ बढी खोज, अनुसन्धानमा लागेर सत्य तथ्य समाचार प्रस्तुत गर्न शुभकामना दिए । उनले पत्रकार महासंघ यूके, एनआरएनए यूकेमा केही समूहले भ्रम फैलाउने कोशिस गरेपनि त्यसमा विश्वास नगर्न समुदायसमक्ष अपिल गरे ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले विगतमा जे जस्तो भएपनि संघ अब पत्रकार महासंघ, बेलायतको नयां कार्यसमितिसंग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गर्दै जनचेतनामूलक र सूचनामूलक समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गरे ।

एनआरएनए यूके महासचिव प्रमिला लाबुङ राईले सञ्चालन गरेको उक्त सम्मान कार्यक्रममा नेपालबाट आएका लोकगायक राजेन्द्र कार्कीले राष्ट्रिय गान गाएका थिए ।

सो अवसरमा एनआरएनए यूकेले अगष्ट ३ मा फेल्थाम लन्डनमा गर्न लागिएको पहिलो एनआरएनए कप फुटबल प्रतियोगिता तथा नेपाल महोत्सव तयारी पुरा भएको जानकारी दिएको छ ।

 

 

वि.सं.२०८१ साउन १८ शुक्रवार १२:३६ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...