back
CTIZAN AD

नक्सा पास नभएका ठुला होटेललाई एमालेको संरक्षण

वि.सं.२०८१ साउन २० आइतवार

1.5K 

shares

काठमाडाैं । नक्सा पास नगरी निर्माण भएका तारे होटेललाई एमालेले संरक्षण गरेको पाइएको छ । काठमाडौँ महानगरपालिका भित्र निर्माण सम्पन्न भएका दुई ठुला होटेलहरू नक्सा पास बिना नै निर्माण सम्पन्न भएको तथ्य सार्वजनिक भएपछि यस्तो रहस्य खुल्न आएको हो ।

यस्तै  सार्वजनिक भएकाे एक तथ्यमा काठमाडौँको नक्साल स्थित होटेल हिल्टन र सिंहदरबार स्थित होटेल बसेरा बुटिकको नक्शापास नगराई भवन निर्माण गरेको पाइएको छ ।

काठमाडौँ महानगरपालिकाले दिएको जानकारी अनुसार हिल्टन र बसेरा होटेलले नक्सा पास नै नगरी व्यवसायीक भवन निर्माण गरेका हुन् ।

नक्सा पास विनै निर्माण सम्पन्न, ओलीद्वारा उद्घाटन

नक्साल स्थित होटेल हिल्टन शङ्कर ग्रुपको लगानीमा निर्माण भएको हो । निर्माण सम्पन्न भए पनि नक्सा पास नगराई ओलीद्वारा होटेलको उद्घाटन गरिएको छ । संविधानतः कुनै पनि संरचनाको नक्सा पास स्थानीय तहको एकल अधिकार भित्रको विषय हो । यस अघि पनि नक्सा पास नगरी सञ्चालन गरेका वानेश्वरको अल्फविटा, नर्भिक अस्पतालमा पनि नक्सा पासको विषयमा विवाद भएको थियो । यो होटेलको विषयमा पनि विवाद हुने निश्चित छ ।

तर, नयाँ सडकमा फुटपाथ निर्माणको विषयमा काठमाडौँमा एमालेको ओली समूह र मेयर बालेन्द्र साह आमनेसामने देखिएका छन् । यहि मौकामा ओलीले मेयर बालेनलाई नक्सा पास नै नभई निर्माण सम्पन्न भएको होटेलमार्फत कूटनीतिक टक्कर दिएको बुझ्न गाह्रो छैन ।

हिल्टन सञ्चालकको काण्डै काण्ड, ओलीको सहयोग

नक्साल स्थित होटेल हिल्टनका सञ्चालकहरू विभिन्न काण्डमा मुछिएको पाइएको छ । हिल्टनका सञ्चालक शाहिल र उनका भाइ सुलभ अग्रवाल विभिन्न समयमा विवादमा तानिएका व्यक्तिहरू हुन् ।

उनीहरू सञ्चालक रहेको कम्पनी जगदम्बा स्टिलले गुणस्तरहिन रडको उत्पादन गरेको पाइएकोले नाप तथा गुणस्तर विभागले केही समय अगाडी कारबाही गरेको थियो । त्यस्तै डेडिकेटेड तथा ट्रंकलाई प्रयोग गरेबापत जगदम्बा स्टिल्सले अर्बौँ रुपैयाँ नेपाल विद्युत् प्राधिकरणलाई तिर्न बाँकी छ ।

२०७५ सालका चैत्रमा केपी ओली प्रधानमन्त्री भएको बेला सुलभ अग्रवाल थर्मल गन कालोबजारी गर्दै गर्दा पक्राउ परेका थिए । कूटनीतिक नम्बर प्लेटको सवारी प्रयोग गरेर कालोबजारी गर्दा गर्दै पक्राउ परेका बेला भानुभक्त ढकाल स्वास्थ्य मन्त्री थिए ।

चार हजार पाँच सय मूल्य पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न लाग्दा ६७ थान गन सहित महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको थियो ।

अधिग्रहण गर्नुपर्ने होटेल बसेरा एमाले मुख्यालय

अविरल वर्षा पछि डुबानमा परेको एमाले मुख्यालय च्यासललमा एमाले केन्द्रीय समितिको बैठक बस्न सकेन । उसले सिंहदरबार नजिकै रहेको होटेल बसेरामा बैठक बोलायो । यो होटेल विभिन्न विवादमा तानिँदै आएको होटेल हो । जसको संरक्षण एमालेले गरेको आरोप छ । सरकारको एक समितिले सो होटेललाई मापदण्ड विपरीत निर्माण गरिएको भन्दै अधिग्रहण गर्न सिफारिस गरिएको थियो ।

वि.सं. २०७६ सालमा काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको संयोजकत्वमा गठित समितिले सुरक्षा चुनौती रहने भन्दै राष्ट्रपति भवनअगाडिको ‘सीई-रियल स्टेट भवन’ र सिंहदरबार अगाडिको बसेरा बुटिक होटेल अधिग्रहण गर्नुपर्ने प्रतिवेदन तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादललाई बुझाएको थियो ।

सहसचिव आचार्यको प्रतिवेदनमा भिआइपीका कार्यालय तथा निवासबाट पेस्तोल र राइफलको न्यूनतम प्रहार गर्न मिल्ने क्षेत्र वरपर पाँच तलाभन्दा अग्ला भवन बनाउन प्रतिबन्ध लगाउनुपर्ने उल्लेख थियो । प्रतिवेदन बुझ्दै तत्कालीन गृहमन्त्री बादलले सुरक्षा चुनौती हुने गरी मापदण्ड उल्लङ्घन गरेर बनाइएका सो भवन अधिग्रहण गर्न प्रक्रिया अघि बढाइने बताएका थिए ।

यस्तै होटेलका सञ्चालक विशाल पण्डित विरुद्ध मधेसलगायत प्रदेशमा स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दासमेत हालेको छ । सो मुद्दा अहिले विचाराधीन छ ।

वि.सं.२०८१ साउन २० आइतवार १६:४५ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...