back
CTIZAN AD

उपत्यकाका नदीमा जलसतह बढिरहेकाले उच्च सतर्कता अपनाउन आग्रह

वि.सं.२०८१ साउन २२ मंगलवार

777 

shares

काठमाडौँ । काठमाडौँ उपत्यकाका नदीमा जलसतह सतर्कता पार गरेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

विभागले मोबाइलमा सन्देश पठाएर काठमाडौँ उपत्यकास्थित बागमती नदीको गौरीघाट, खोकना र मनोहरा जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा रहेकाले सर्तकता अपनाउन अनुरोध गरेको हो ।

नदीको पानी सडक किनार र बस्तीसम्म आउनसक्ने भएकाले नदीको तटीय क्षेत्रमा यात्रा गर्ने र रहनुहुनेले बेलुका ५ बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

विभागले यसअघि बिहान बिहान ३ बजेर ३० मिनेटमा पनि उपत्यकाको मनोहरा जलमापन केन्द्रमा जलसतह बढ्दो रहेको र सतर्कता तह नजिक पुगेकाले उपत्यकाको नदी तटीय क्षेत्रमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरुले उच्च सतर्कता अपनाउन अनुरोध गरेको थियो ।

वि.सं.२०८१ साउन २२ मंगलवार १४:१२ मा प्रकाशित

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित २२ वटा माध्यमिक र...

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...