back
CTIZAN AD

डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेपछि लामखुट्टे खोज र नष्ट गर्ने अभियान

वि.सं.२०८१ साउन २४ बिहीवार

1K 

shares

पर्वत । पर्वतमा दैनिकजसो डेङ्गु सङ्क्रमितको सङ्ख्या वृद्धि भएपछि लामखुट्टे खोज र नष्ट अभियान थालिएको छ । स्वास्थ्य कार्यालय र जिल्लाका सातवटै स्थानीय तहको सहकार्यमा लामखुट्टे खोज र नष्ट अभियान सञ्चालन गरिएको हो ।

डेङ्गी सङ्क्रमण फैलनुको मुख्य कारक लामखुट्टे भएकाले यसको निराकरण नगरेसम्म सङ्क्रमण रोकथाम गर्न नसकिने भन्दै खोज र नष्ट अभियान थालिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख प्रवीण शर्माले जानकारी दिए ।

उनका अनुसार बढी जनघनत्व भएका, फोहरमैला बढी उत्सर्जन र बिसर्जन हुने ठाउँ, ग्यारेज, टायर तथा सफा पानी जम्मा हुने स्थानलाई लक्षित गरी खोज र नष्ट अभियान थालिएको हो । लामखुट्टेका फूल र लार्भा नष्ट पार्ने अभियान नियमित सञ्चालन गरिने शर्माले बताए । पछिल्लो दुई सातामा पर्वतमा ५६ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । यसमा कतिपय गम्भीर बिरामी पनि छन् । डेङ्गु सङ्क्रमितमध्ये सबैभन्दा बढी कुश्मा नगरपालिका-४, ५, ६ र ७ का छन् ।

दैनिक सङ्क्रमितहरूको सङ्ख्या बढेको र बाक्लो जनघनत्व रहेको ठाउँमा लामखुट्टेले सङ्क्रमण फैलाउने सम्भावना बढी भएकाले आजदेखि खोज र नष्ट गर्ने अभियान सुरु गरिएको कुश्मा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले जानकारी दिए ।

बजारमा पानीको अभावका कारण भाँडामा पानी जम्मा गरेर राख्ने, घरका छत तथा कौसीमा राखिएका फूलदानीमा लामखुट्टेले प्रजनन गर्ने, ग्यारेजमा लामो समयदेखि जम्मा पारेर राखिएका पुराना टायर तथा अन्य सामग्रीमा पानी जम्मा भएर बस्ने, सडक छेउछाउमा रहेका झाडी तथा पानी जम्मा हुनसक्ने प्लास्टिकजन्य वस्तुमार्फत पनि लामखुट्टेको प्रकोप बढ्ने भएकाले बजारमा क्षेत्रमा सरसफाइ गरिएको शर्माले बताए ।

सुरुमा दैनिक एक÷दुई जनामा डेङ्गु पुष्टि भएको भए पनि पछिल्ला समय दैनिक नौ जनासम्ममा डेङ्गु पुष्टि हुन थालेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गत वर्ष जिल्लाका दुई सय २५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो ।

उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्ने, शरीरमा राता बिमिरा आउने, वाकवाकी लाग्ने वा वान्ता हुनेलगायतका लक्षण देखिए डेङ्गु भएको हुनसक्ने भएकाले समयमा स्वास्थ्य परीक्षण गराउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।

वि.सं.२०८१ साउन २४ बिहीवार १२:५२ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...