back
CTIZAN AD

प्रहरीद्वारा सचेतनामूलक कार्यक्रम सञ्चालन

वि.सं.२०८१ साउन २४ बिहीवार

885 

shares

काभ्रेपलाञ्चोक । यहाँस्थित जिल्ला प्रहरी कार्यालयले २० हजार नागरिकलाई अपराध न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत नागरिकको आधारभूत सुरक्षा, मानव बेचबिखन, लैङ्गिक हिंसा, घरेलु हिंसा, सेफ्टीपीन, आत्महत्यासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय कार्यक्रमअनुसार जिल्ला प्रहरीले पाँच वर्षदेखि समुदाय-प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यालयका अनुसार हालसम्म छ सय ४८ कार्यक्रम सम्पन्न भएका छन् ।

कार्यालयले लागुऔषध निषेध, घरेलु हिंसा, जातीय छुवाछुत तथा भेद्भाव, महिला-बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने हिंसा, बालविवाह, दाइजो प्रथा, छाउपडी, बोक्सी आरोप तथा सामाजिक विकृति नियन्त्रण, नागरिक सुनुवाइ, सडक सुरक्षा, स्वास्थ्य शिविर, विपद् व्यवस्थापन तथा आगलागी, सरसफाइ, साइबर सुरक्षा, चोरी, आत्मरक्षा, प्रहरीसँग एक दिन, ज्येष्ठ नागरिकसँग प्रहरी, जबरर्जस्ती करणी, बालयौन दुब्र्यवहारसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिए ।

खड्काका अनुसार लागुऔषध निषेध र घरेलु हिंसासम्बन्धी ८५, जबरर्जस्ती करणी, बालयौन दुव्र्यवहारसम्बन्धी ७१ सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् । आत्महत्या न्यूनीकरणसम्बन्धी ५८ सचेतनामूलक कार्यक्रम गरिएका छन् ।

पछिल्ला केही वर्षदेखि आत्महत्या, जबर्जस्तीकरणी, यौन दुव्र्यवहारसम्बन्धी अपराध बढिरहेको तथ्यसहित प्रहरीले विभिन्न स्थान, विद्यालय, सामाजिक क्षेत्रमा समुदायसँगको समन्वयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको खड्काले बताए ।

जिल्लामा घरेलु हिंसाका घटनामा पनि वृद्धि हुँदै गएको प्रहरीको भनाइ छ । प्रहरीको तथ्याङ्कमा गत आर्थिक वर्षमा काभ्रेपलाञ्चोकमा मानसिक, शारीरिक, आर्थिक र यौनजन्य छ सय १७ घरेलु हिंसाका घटना घटेका थिए ।

वि.सं.२०८१ साउन २४ बिहीवार १२:३५ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...