रोम । इटलीको फेशन ब्रान्ड डोल्चे ए गब्बानाले कुकुरका लागि परफ्युम ल्याएको छ । कम्पनीले फेफे ब्रान्ड नाममा १०८ डलर (१४ हजार ५४१ नेपाली रुपैयाँ) मूल्य पर्ने परफ्युम लन्च गरेको छ । धातुको रातो बिर्को भएको हरियो रङ्गको बोतलमा सुनको जलप लगाइएको कुकुरको पन्जा टाँसिएको छ ।
परफ्युमलाई भेटनरी डाक्टरले पनि प्रयोगको लागि अनुमति दिइसकेको र यो प्रयोगका लागि सुरक्षित भएको कम्पनीले दाबी गरेको छ । परफ्युम अल्कोहल फ्री भएको र कुकुरका लागि पूरै सुरक्षित छ भनेर कम्पनीले दाबी गरेको छ । तर, केही भेटनरी डाक्टरहरूले भने यसको मूल्यलाई लिएर आलोचना गरेका छन् ।
फुल र चन्दनको वासना भएको परफ्युमलाई एक जना भेटनरी डाक्टरले पैसाको बरबादी भनेका छन् । कुकुरहरूको सुँघ्ने क्षमता अति परिष्कृत हुने भएकोले परफ्युम नै लगाए पनि एक अर्काको प्राकृतिक वासना सुँघ्न नसक्ने बेलायतमा पशु हिंसा रोकथामका लागि स्थापित संस्था आरएसपीसीएका वेलफेयर दूत फाबियान रिभर्स भन्छन् । यो परफ्युम लगाएकै कारण कुकुरहरू एकअर्काको निकटमा आउन छाडे वा चिढिए भने आफू अचम्ममा नपर्ने उनले बताएका छन् ।
वि.सं.२०८१ साउन २७ आइतवार १५:३३ मा प्रकाशित