back
CTIZAN AD

धरान खानेपानीमा सहमति : मूल्य पुरानै कायम

वि.सं.२०८१ साउन २८ सोमवार

849 

shares

धरान । धरान उपमहा नगरपालिकामा खानेपानीको विषयमा सहमति भएको छ । महसुल वृद्धिविरुद्ध आन्दोलनरत १० राजनीतिक दलको संयुक्त संघर्ष समिति र मेयर हर्कराज राई साम्पाङबिच लामो छलफल र वार्तापछि महशुल वृद्धिको निर्णय फिर्ता लिने सहमति जुटेकोे हो ।
सम्पाङ खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत हुन् । दुई पक्षीय वार्तापछि तीन बुँदे सहमति गर्दै खानेपानी महशुलको पुरानो दर यथावत राखेर पुनर्विचार गििरने बताइएको छ ।
सहमतिको बुँदामा भनिएको छ, ‘खानेपानी महशुल वृद्धिबारे खानेपानी तथा सेवा महसुल निर्धारण आयोगलाई लिखित पत्र पठाई उसको जवाफ नआउन्जेल पुरानो दर महशुल यथावत राखी पुनर्विचार गर्ने निर्णय गरियो ।’

दोस्रो बुँदामा खानेपानी व्यवस्थापन बोर्डलाई पूर्णता दिनुपर्ने दलहरुले माग गर्दै आएका थिए । सात सदस्यीय बोर्डमा चार सदस्यको समयावधि सकिएकोले रिक्त रहेको छ । बोर्डलाई पूर्णता दिने विषय विराटनगरस्थित उच्च अलदालतमा विचाराधीन मुद्दाबारे आदेश प्राप्त भएपछि निर्णय गरिने भएको छ ।

अन्तिम बुँदामा खानेपानी बोर्डको हालसम्म सार्वजनिक नभएको आयव्यय ७ दिनभित्र सार्वजनिक गर्ने निर्णय भएको छ ।

वि.सं.२०८१ साउन २८ सोमवार १४:०३ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...