back
CTIZAN AD

सिलाइकटाइ पेसाबाट आत्मनिर्भर बने ६९ वर्षीय जैरु

वि.सं.२०८१ साउन २८ सोमवार

1.2K 

shares

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-१० झलारी बजारमा पाँच दशकअघिदेखि रतन जैरुले सिलाइकटाइको काम गर्दै आएका छन् । यही पेसाबाट उनको जीविकोपार्जन हुँदै आएको छ ।

डडेल्धुराको खलङ्गाबाट ५५ वर्षअघि जैरु तराई झरेका हुन् । अहिले ६९ वर्ष पुगेका उनले भने, “पहाडमा जीविकोपार्जनमा समस्या हुन थालेपछि रोजगारीको खोजीमा तराई झरेको हो ।” तराई झरेको केही वर्षसम्म सङ्घर्षपूर्ण जीवन बितेको उनले सुनाए ।

“पहाडमा हुँदा अलिअलि सिलाइकटाइ सिकेको थिएँ । तराई झरेपछि अरूको पसलमा मेसिन चलाउँदै गरेको, कपडा काट्दै गरेको कार्य हेरिरहन्थेँ । त्यसबेला म १५ वर्षको थिएँ”, जैरुले भने, “हेर्दाहेर्दै मेसिन चलाउन, कपडा काटन सिकेँ । कपडा सिलाइ गर्ने पसलमा काम पाएपछि मेसिनमा कपडा सिलाउन थालेँ, बिस्तारै सिकेको सीपले अहिले सक्षम बनाएको छ ।”

सीप निखार्न भारत भारतको बरेली पुगेको अनुभव जैरुले सुनाए । “बीस/बाइसको कलिलो उमेर थियो, बरेलीमा ‘टेलरिङ’ गर्ने पसलमा बसेर एक वर्ष काम गरेँ । काम गर्दै जाँदा सीप पनि सिकिँदो रहेछ”, उनले भने, “पाइन्ट र सर्ट बनाउनमा निपूर्ण भएपछि आत्मविश्वास पनि बढ्दै गायो ।” उनले त्यतिले व्यावसायिक सिलाइकटाइ गर्न नपुग्ने ठानेर कोटपाइन्ट, सुट बनाउने सीप सिक्न विसं २०३४ मा भारतको लखनऊ पुगेको स्मरण गरे ।

दुई वर्ष लखनऊमा बसेर जैरुले कोटपाईन्ट बनाउनमा दक्षता हासिल गरेपछि स्वदेश फर्किएको बताए । एक वर्ष महेन्द्रनगर बजारमा अरुको पसल अगाडि बसेर सिलाइकटाइ गरेको सुनाउँदै उनले विसं २०३७ देखि झलारी बजारमा सिलाइकटाइ पसल राखेर काम थालेको उल्लेख गरे ।

हालसम्म यही पेसालाई निरन्तरता दिएको बताउँदै जैरुले अहिले झलारी बजार क्षेत्रमा कोटपाइन्ट, सर्टमा सबैभन्दा राम्रो ‘फिनिसिङ्ग’ दिने टेलरका रुपमा परिचति भएकामा खुसी लाग्ने गरेको सुनाए । “पहिला बजार क्षेत्रमा सिलाइकटाइ गर्ने प्रतिस्पर्धी थोरै हुँदा आम्दानी प्रशस्त थियो”, उनले भने, “महिनाको रु ५०/६० हजार माथि कमाई हुन्थ्यो, अहिले बजार बढ्दै गएको छ, उमेरले पनि पहिलाको जस्तो साथ दिँदैन ।” अहिले मासिक रु ३० हजारसम्म आम्दानी हुने गरेको उनले जानकारी दिए ।

जैरुले चार बहिनी, पाँच भाइको विवाहका साथै दुई छोराको सबै खर्च सिलाइकटाइबाट भएको आम्दानीले गराए भने झलारी बजारमा घर र घरेडी जोडेका छन् । सीप सिकेर आत्मनिर्भर भई व्यावसायिक रुपमा काम थालेपछि पैसाको कहिल्यै समस्या नपरेको अनुभव उनीसँग छ । सीप सिकेर लगनशील भई कार्य गरे आत्मनिर्भर भइने उनको बुझाइ छ ।

वि.सं.२०८१ साउन २८ सोमवार १४:०१ मा प्रकाशित

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

बैतडी । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र...

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र...

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

दशरथचन्द(बैतडी) । महाकाली नदीमा मङ्गलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका...

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

गोदावरी (कैलाली) । धनगढी उपमहानगरपालिका–११ सेहरी–जोकैया भएर बग्ने खोलामा मोटर...