back
CTIZAN AD

जसपाको बैठकमा अभिमुखीकरण तथा प्रशिक्षण दिइँदै

वि.सं.२०८१ साउन २९ मंगलवार

639 

shares

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यलाई अभिमुखीकरण तथा प्रशिक्षण दिने क्रम जारी छ ।

आजको बैठकमा ‘नेपालको वर्तमान राष्ट्रिय राजनीति सन्दर्भमा हाम्रो पार्टीको भूमिका र जनता समाजवादी पार्टी, नेपालको आदर्श, वैचारिक एवं सैद्धान्तिक अवधारणा’ विषयमा नेताहरुलाई प्रशिक्षण दिइने सो पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए ।

उनले भने, “प्रशिक्षण सम्पन्न भएसँगै आइतबार बैठकमा प्रस्तुत गरिएको पार्टीको राजनीतिक एवं सङ्गठनात्मक कार्यक्रम, कार्ययोजना तथा समसामयिक राजनीतिक प्रस्तावमाथि छलफल हुनेछ, साथै बैठकले केन्द्रीय समिति सदस्यहरुलाई आधारभूत सङ्गठन निर्माण अभियानमा खटाउने गरी कार्यविभाजन गर्नेछ ।”

उक्त बैठक बुधबारसम्म चल्ने सो पार्टीले जनाएको छ । सोमबारको बैठकमा विजयकान्त कर्णले ‘वर्तमान भूराजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध’, प्राध्यापक प्रणव खरेलले ‘सामाजिक लोकतन्त्र र समाजवादको आधारभूत अवधारणा’, अधिवक्ता शङ्कर लिम्बूले ‘संविधानमा समुदायको प्रस्ताव’ र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा उमाशङ्कर प्रसादले ‘समाजवादी लोकतन्त्रको आर्थिक पक्ष विषय’ शीर्षकमा केन्द्रीय सदस्यलाई प्रशिक्षण दिएको बस्नेतले बताए ।

वि.सं.२०८१ साउन २९ मंगलवार १३:१२ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...