back
CTIZAN AD

देवघाट मेलामा एक लाखभन्दा बढी भक्तजनले गरे स्नान

वि.सं.२०८१ साउन ३० बुधवार

1.1K 

shares

तनहुँ । प्रसिद्ध धार्मिकस्थल देवघाटमा यस वर्षको साउन महिनामा एक लाख ३० हजार भक्तजनले स्नान गरेका छन् । गत वर्षको तुलनामा यस वर्ष भक्तजनको सङ्ख्या घटेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

अन्तिम सोमबारको उपस्थितिले भक्तजनको आवागमनमा वृद्वि गराएको समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए । उनका अनुसार अन्य सोमबारको तुलनामा अन्तिम सोमबार एकै दिन करिब ५० हजारको हाराहारीमा भक्तजनको आवागमन भएको थियो ।

हिन्दु धर्मप्रति आस्था राख्ने भक्तजनले साउनको महिनामा देवघाट आएर स्नान गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । शालिग्राम पाइने नदी भनेर देवघाटधामलाई चिनिन्छ । मुस्ताङबाट आएको काली र गोसाइँकुण्डबाट आएको त्रिशूली नदीको सङ्गमस्थल भएकाले देवघाटधामलाई धार्मिक गन्तव्यका रुपमा लिने गरिन्छ ।

नदीको बहाव र मौसमलाई दृष्टिगत गर्दै नदी किनारमा नजान सतर्कता अपनाएका कारण यस वर्ष भक्तजनको उपस्थितिमा कमी आएको हुनसक्ने अनुमान समितिको रहेको छ । तुलनात्मक रुपमा पाँच सोमबार परेको वर्ष भक्तजनको सङ्ख्या बढी हुने गरे पनि यस वर्ष चार मात्रै सोमबार परेकाले धार्मिक आस्थाप्रति बढी विश्वास गर्नेहरु कम आएको हुनसक्ने उनले बताए ।

उनका अनुसार चितवनसहित गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, धादिङ, बागलुङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, मकवानपुर, भारतलगायत स्थानबाट भक्तजन स्नानका लागि आएका थिए । “हरेक वर्ष मेलामा आउने भक्तजनको गुनासोलाई समितिले सम्बोधन गर्ने प्रयास गर्दै आएको छ”, बरालले भने, “सुरक्षामा बढी ध्यान दिनुपर्ने हुँदा सुरक्षाका लागि आवश्यक जनशक्ति परिचालन गरिएको थियो ।”

 

वि.सं.२०८१ साउन ३० बुधवार १३:२६ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...