back
CTIZAN AD

सहकारी ठगी प्रकरण : तीन जना पक्राउ, एक जना फरार

वि.सं.२०८१ साउन ३० बुधवार

1.2K 

shares

स्याङ्जा । सहकारी ठगी प्रकरणमा स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुवरलाई पक्राउ पुर्जी जारी गरिएको छ ।

स्याङ्जाको बाड्खोलामा मुख्य कार्यालय रहेको सूर्योदय सहकारी अन्तरगत बिरुवा सेवा केन्द्रको तीन करोड बढी रकम हिनामिना गरेको आरोप लागेका कुवर हाल फरार छन् । कुवर सूर्योदय सहकारी अन्तरगत बिरुवा सेवा केन्द्रको २०७६/७७ मा सचिव थिए ।

यसैबिच सोही सहकारी ठगी प्रकरणको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका निमित्त सूचना अधिकारी उमेशलाल श्रेष्ठका अनुसार सहकारीका अध्यक्ष तारेन्द्र बहादुर केसी, मुक्तिनाथ विकास बैङ्क बिरुवामा कार्यरत सन्ध्या भण्डारी, सहकारीका प्रबन्धक जीवन वाग्ले पक्राउ परेका हुन् ।

उनीहरू मध्ये केसी र भण्डारी मङ्गलवार पक्राउ परेका हुन् भने वाग्ले १९ दिन अघि पक्राउ परेका हुन् । दोषी उपर थप अनुसन्धान अघि बढेको प्रहरीको भनाई छ ।

 

वि.सं.२०८१ साउन ३० बुधवार १८:०५ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...