back
CTIZAN AD

भृकुटी मण्डपमा नाडा अटो शो २०२४ आयोजना हुँदै

वि.सं.२०८१ साउन ३० बुधवार

1.2K 

shares

काठमाडौँ । नेपालको अटो मोबाइल उद्योगलाई प्रोत्साहित गर्न नाडा अटो शो २०२४ आयोजना हुने भएको छ । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले बुधवार पत्रकार सम्मेलन गरी काठमाडौँको भृकुटी मण्डप प्रदर्शनी स्थलमा नाडा अटो शो हुने जनाएको हो । नाडाका अनुसार अटो शो २०२४ अगस्ट २७ देखि सेप्टेम्बर ५ सम्म हुने छ ।

दुई दशकभन्दा बढी आफ्नो निरन्तरतालाई कायम राख्दै नाडाले यस वर्षको प्रमुख अटो मोबाइल प्रदर्शनीमा टाटा भी प्रस्तुत गर्ने पत्रकार सम्मेलन मार्फत जनाइएको छ ।

गत वर्षको भन्दा यो वर्ष नाडा अटो शो भव्य र प्रभावशाली हुने कार्यवाहक संयोजक अनुप कुमार बरालले बताएका छन् । उनका अनुसार जसमा टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सह प्रायोजकको रूपमा रहेका छन् ।

उक्त कार्यक्रम अटो मोबाइल क्षेत्रको नवीनतम प्रवृत्ति र प्रविधिहरूको व्यापक प्रदर्शन गर्नुका साथै अर्थतन्त्रलाई महत्त्वपूर्ण रूपमा वृद्धि गर्न मज्य तयार पार्ने संयोजक बरालले बताएका छन् ।

अटो मोबाइल विश्वको उत्कृष्ट प्रदर्शन

विश्वको उत्कृष्ट प्रदर्शनको रूपमा रहेको नाडा अटो मोबाइल शोले प्रत्येक वर्ष आगान्तुकहरुलाई आकर्षित गर्दै आएको छ । यस वर्षको प्रदर्शनीमा २४ चार-पा १९ दुई र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनुका साथै ३३ कम्पनीहरू जुन केट, टायर, ब्याट्री, म्यारेज उपकरण र अन्य अटो कम्पोनेन्ट विशेषज्ञ छन् ७ वित्तीय संस्थाहरू विशेष रूपले अनुकूल वित्तीय समाधानहरू प्रदान गर्ने भएको छ । जसमा ९५ प्रदर्शकहरू सहभागी हुनेछन्, जसले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्ने छन् ।

अटो मोबाइल उत्साहीहरूका लागि प्रमुख गन्तव्य

चाडपर्व नजिकिँदै गर्दा अटो मोबाइल प्रेमीहरूका लागि नाडा अटो शो प्रमुख गन्तव्यको रूपमा रहेको पाईन्छ । नाडा अटो शोमा नयाँ मोडेलहरू, प्रविधिहरू र प्रवृत्तिहरू अन्वेषण गर्ने अनुपम अवसर प्रदान हुनुका साथै आगन्तुकहरूले नयाँ ब्यान्डहरू र नवीन प्रविधिहरूको व्यापक पहुँच पाउनेछन् ।

नाडा अटो शोमा अटो मोबाइल प्रेमीहरूलाई सवारी साधन किन्नको लागि वित्तीय विकल्पहरू र व्यावसायिक अवसरहरूका साथसाथै आवश्यक जानकारी समेत प्राप्त गर्न पाउने छन् । वर्तमान समयमा सवारी साधनलाई बिलासितको रूपमा नभएर आवश्यकताको रूपमा रहेको छ ।

सुरक्षाका लागि व्यवस्थित

नाडा अटो शोमा प्रदर्शनीलाई चार–पाडे, दुई पात्रे, हल्का व्यावसायिक सवारी साधन, अटो कम्पोनेन्ट र वित्तीय संस्थाहरूमा विभाजन गरिएको छ । यसले सबै आगन्तुकहरूका लागि एक सुविधाजनक र प्रभावकारी अनुभव सुनिश्चित गर्नेछ ।

आगन्तुकहरूको सुविधाका लागि, टिकटहल अब बन्ती एपमार्फत अग्रिम रूपमा बरिद गर्न सकिन्छ अग्रिम टिकट खरिदकर्ताहरूले अगस्ट २६ सम्मको टिकट खरिदमा २०५ क्यासब्याक लाभ उठाउन सक्नेछन् ।

मिडिया कवरेजलाई सहज बनाउन, प्रदर्शनी स्थलमा समर्पित मिडिया डेस्क उपलब्ध हुनेछ, जसले प्रदर्शनी सम्बन्धी सबै समाचारहरूलाई प्रभावकारी रूपमा संकलन र प्रसारण गर्न सहज हुने छ । प्रदर्शनीमा मेट्रोपोलिटन ट्राफिक प्रहरी डिभिजनको सहकार्यमा टाफिक सूचना डेस्क पनि हुने जनाइएको छ ।

आकर्षण र आगन्तुक अनुभवको अपेक्षा

नाडाले ६ दिनामा करिब ७५ हजार आगन्तुकहरू आउने अपेक्षा राखेको छ । यो शोलाई अटो मोबाइल क्यालेन्डरमा सबैभन्दा महत्त्वपूर्ण कार्यक्रमहरू मध्ये एक बनाउने छ । नाडाको अनुसार सहभागी हुने मध्य एक भाग्यशालीले हिरो जुम स्कूटर जित्ने अवसर पाउनेछन्, जसलाई सिजी मोटर्स प्रा लि द्वारा प्रायोजित गरिएको छ ।

वि.सं.२०८१ साउन ३० बुधवार १६:१३ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोगसँगै बढ्दै...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...