back
CTIZAN AD

धामी नाच्दै साउने पूर्णिमा मेला सम्पन्न

वि.सं.२०८१ भदौ ४ मंगलवार

891 

shares

सिमकोट, (हुम्ला) । हिमाली जिल्ला हुम्लामा साउन पुनी (जनै पूर्णिमा) धुमधामका साथ मनाइएको छ । साउन शुक्ल पूर्णिमाको अवसरमा चतुदर्शीको दिनदेखि मनाउन सुरु हुने साउने पूर्णिमा जिल्लाका रामपा, बाडपाल, कालाशिल्ता, मदना, मष्टो देवताका माडु (मन्दिर)मा पूजाआजा र धामी नाचेर मनाइएको हो । जिल्लाका विभिन्न गाउँबस्तीमा स्थापना गरिएका देवताका माडुहरूमा धामी नाचेर सोमबार पूर्णिमा सम्पन्न भएको छ ।

आफूले मान्ने कूल देवताको पूजापाठ गरिसकेपछि धामी नाचेर पूर्णिमा मनाउन सुरु गर्ने प्रचलन छ । यो पर्व सोमबार अन्तिम दिन सदरमुकाम सिमकोटमा रहेको तल्लो बजारको बाँडपाललगायत देवताको माडुमा (मन्दिर) धामी नाचेर सम्पन्न गरिएको स्थानीय गोरा रावतले बताए ।

जिल्लाका धेरै स्थानमा पूर्णिमा भव्यताका साथ मनाइन्छ । धामी झाँक्रीले एकादशीबाट पूजापाठ र व्रत बस्न सुरु गर्छन् र चतुर्दशीबाट धामी नाच्न थाल्छन् । एकदशीको दिनबाट यहाँका धामी झाँक्रीले एक छाक मात्रै खाना खाने र व्रत बस्ने संस्कार छ ।

पूर्णिमाको दिन सोमबार बिहानैदेखि सदरमुकाम सिमकोट गाउँपालिका-५ को बाँडपालको माडु (मन्दिर), वडा नम्बर ६ मुग्राधारस्थित कालाशिल्ताको माडुमा धुमधामका साथ धामी नाचेर साउने पूर्णिमा मनाइएको थियो । यसअघि धुपी रुखमा बाँडपालका झाँक्रीले तल्लो र माथिल्लो गाउँका धामी भेट हुनेवित्तिकै दूध छर्किन्छन् । कालाशिल्ता, मष्टो, बाँडपाल, घण्टपाल, समैजी, गुरा, भवानीलगायत धामी पालैपालो नाच्ने दृश्य रोचक हुने गर्छ ।

यस अवसरमा बोकाको बलि पनि दिने गरिन्छ । घरबाट टाढा गएका मानिस पूर्णिमामा आउने भएकाले यो पूर्णिमा भेटघाट हुने पर्वका रुपमा मानिन्छ ।

सिमकोट गाउँपालिका-२ ठेहेस्थित रामपालको माडुमा पनि धुमधामका साथ पूर्णिमा मनाइएको छ । ठेहेका सबैपट्टीका देवताका थानबाट आएका धामीको जात्रा ठेहे गाउँ नजिकैको रामपाल माडुमा जम्मा भएर धामी नाच्दै देवताको पुजाआजा गरिएको हो ।

जिल्लाको सर्केगाड गाउँपालिका-१ जैरमा पनि पूर्णिमा मनाइएको छ । जिल्लाको दक्षिणमा रहेका अदानचुली र ताँजकोट गाउँपालिकाको मेला झाडमाडुमा पनि मदना र बाह्रभाई मष्टोको मुख्य पर्वका रुपमा मनाइने साउन पूर्णिमाको अवसरमा दुवै गाउँपालिकाका मदना र मष्टोका धामीसहितको श्रद्धालु ताजकोट-५ स्थित झाडमाडुमा ठूलो पूजाआज गर्दै धामी नाचेर पूर्णिमा मनाएका छन् ।

वि.सं.२०८१ भदौ ४ मंगलवार १४:२१ मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...