back
CTIZAN AD

धार्मिक पर्यटनले गाउँ र सहरलाई जोड्दै

वि.सं.२०८१ भदौ ६ बिहीवार

1.3K 

shares

नेपालगञ्ज । धार्मिक पर्यटनले बाँकेका गाउँ र सहरलाई जोड्दै गएको छ । डुडुवा गाउँपालिका–४ राप्ती नदीस्थित १०८ शिवलिङ्ग विश्वम्भर महादेव मन्दिरमा हरेक शुक्ल पूर्णिमाका दिन मासिक रुपमा महाआरती सुरु गरेपछि यसले धार्मिक पर्यटनलाई जोडेको छ ।

नेपालगञ्जको बागेश्वरी मन्दिरमा आउने भक्तजनलाई महादेव मन्दिरमा दर्शन गराएर उनीहरुको बास बस्ने समय लम्बाएर आर्थिक उपार्जन गर्न सकिने नेपाल एशोसिएशन अफ टूर एण्ट ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताए । उनले नदी आफैमा पर्यटकीयस्थल भएको उल्लेख गर्दै शान्ति प्राप्त गर्न आरती र योग जस्ता अभ्यास प्रभावकारी हुने बताए ।

अध्यक्ष सिग्देलले सन्तानेश्वर महादेव र बाबा बर्फानीको मन्दिरलाई नेपालगञ्जसँग जोडेर धार्मिक पर्यटनको लाभ लिन सकिने उल्लेख गर्दै त्यसका लागि पूर्वाधारको विकास आवश्यक भएको बताए । “आरती लगायतका धार्मिक गतिविधिले धार्मिक पर्यटनलाई नै बढवा दिन्छ” उनले भने ।

पर्यटन प्रर्वद्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले धार्मिक पर्यटनलाई बढवा दिन करिडोरको निर्माणमा जोड दिँदै धार्मिक पर्यटनले गाउँ र सहरबीचको खाडल हटाउने बताए । उनले धार्मिक पर्यटनको माध्यमबाट सदभावको विकास हुने उल्लेख गर्दै राप्ती नदीमा सुरु भएको गङ्गा आरतीबाट पर्यटकीय आर्कषण बढाउने सकिने विश्वास व्यक्त गरे ।

संयोजक श्रेष्ठले भने “बागेश्वरी मन्दिरलाई राप्ती नदी पारीका विभिन्न मन्दिर हुँदै बैजानाथ र खजुरा गाउँपालिकासम्म जोडेर धार्मिक सर्किट बनाउछ सकिन्छ ।”

महादेव मन्दिरका पुजारी आचार्य रामप्रताप मिश्र शास्त्रीले राप्ती नदी क्षेत्र तथा मन्दिरको प्रचारप्रसार र जिल्लाका विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकलाई स्वागत गर्नका लागि गङ्गा आरती सुरु भएको जानकारी दिँदै अब हरेक महिनाको पूर्णिमाको दिन नियमित रुपमा आरती हुने उल्लेख गरे ।

स्थानीय अगुवा सूर्यलाल यादवले निर्माण हुन लागेको बैकुण्ठधामले त्यस आसपासको क्षेत्रलाई पर्यापर्यटनका रुपमा विकास गर्न थालिएको भन्दै यहाँको सम्भावनालाई दिगो बनाउन पहल गर्नुर्नेमा जोड दिए । राप्ती नदीको सिधनिया घाटलाई धार्मिक आस्थाका रुपमा विकास गर्दै लैजान थालिएको छ । नेपालगञ्जको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा महाआरती सुरु भएपछि जिल्लाको कोहलपुर, खजुरामासमेत आरती गर्न थालिएको हो ।

 

वि.सं.२०८१ भदौ ६ बिहीवार १६:११ मा प्रकाशित

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा...

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...