back
CTIZAN AD

दुई वर्षमा सक्ने योजना छ वर्षसम्म सकिएन

वि.सं.२०८१ भदौ ७ शुक्रवार

639 

shares

गलकोट (बागलुङ) । दुई वर्षमा सक्नेगरी निर्माण थालिएको बागलुङ नगर लिफ्ट खानेपानी आयोजना अझै सम्पन्न भएको छैन । पाइपलाइनमा त्रुटि देखिएपछि आयोजना सम्पन्न गर्न ढिलाइ भएको हो । रु ३४ करोड लागतमा निर्माण थालिएको लिफ्ट खानेपानी आयोजना सम्पन्न नहुँदै पहिरोको जोखिममा परेको छ ।

आयोजनाको रु चार करोड लागत बढेको छ । विसं २०७७ असारमा सक्नेगरी ठेक्का सम्झौता भएको आयोजना छ वर्षसम्ममा पनि सम्पन्न भएको छैन । बागलुङ नगर बृहत् लिफ्ट खानेपानी आयोजनाको पाइपलाइनको परीक्षण छ पटकसम्म असफल भएको आयोजना कार्यालयले जनाएको छ ।

त्यसयता आयोजनाको काम ठप्प छ । बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाले खानेपानी विभागसँगको सहकार्यमा पाइपलाइन परिवर्तनका लागि अहिले समन्वय गरिरहेको संस्थाका सचिव जीवन आचार्यले जानकारी दिए । कैलाम पोखरीको पहिरोले आयोजनालाई थप जोखिममा पु¥याएपछि काम रोकिएको उनको भनाइ छ ।

बागलुङ नगरपालिका–३ स्थित काठेखोलाको पानी कैलाम पोखरीबाट दुई सय ५० मिटरमाथि रातामाटामा पु¥याउनेगरी आयोजना अन्तिम चरणमा पुगे पनि एक वर्ष चार महिनादेखि अस्थायी रुपमा उपभोक्ता संस्थाले पानी तान्दै आएको आचार्यले बताए । उनका अनुसार आयोजनाकोे डिजाइनमा त्रुटि भएपछि काम सम्पन्न गर्न ढिलाइ भएको भन्दै अविरल वर्षासँगै गएको पहिरोले आयोजनालाई उच्च जोखिममा पु¥याएको छ ।

कङ्क्रिटको पोलमा राखेर पाइपलाइन विस्तार गरिएकामा खानेपानीको चाप धान्न नसकेर उक्त खम्बासहित पाइप खुस्किएकपछि आयोजनाको डिजाइनमा त्रुटि देखिएको आचार्यले बताए । अहिले डिआइ पाइप झिकेर सिम्लेस पाइप राख्नेगरी खरिद प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

पाइपलाइनमा त्रुटि देखिएकाले आयोजना हस्तान्तरण हुन नसक्दा बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको आयोजना कार्यालयले जनाएको छ ।

रु ३० करोडमा सम्झौता गरेको आयोजना कमजोर जमिनमा डिजाइन गरिएकाले पहिरोबाट जोगाउन रु चार करोड बढी खर्च भइसक्दा पहिरो खस्नेक्रम नरोकिएको स्थानीय राजनकुमार शाक्यले बताए । उक्त पहिरो दिनदिनै बढिरहेकाले काठेखोला थुनेर खानेपानी आयोजनामा थप क्षति पु¥याउने जोखिम रहेको उनले उल्लेख गरे ।

शाक्यले उपभोक्ता संस्थालाई काठेखोलाको पहिरो पन्छाउनका लागि सुझाव दिइएको बताउँदै आयोजना सम्पन्न नहुँदै पहिरोको जोखिममा पर्नु दुःखद् विषय भएको बताए ।

“रु ३४ करोड खर्चेर निर्माण गरिएको आयोजना डिजाइनमा त्रुटी हुँदा हस्तान्तरण भएको छैन । छ वर्षसम्म आयोजना सम्पन्न हुन सकेको छैन, बागलुङ बजारमा खानेपानीको समस्या छ”, स्थानीय उपभोक्ता शाक्यले भने, “पाइपलाइन फेरेपछि पानी आए पनि काठेखोलाले बगाउने जोखिम यथावत् छ, पहिरोको जोखिम समाधान गर्न उपभोक्ता समिति जिम्मेवार बन्नुपर्दछ ।”

भौगोलिक अवस्थाका कारण परीक्षण गर्न समस्या भएपछि काठेखोलाको पानी लिफ्टमार्फत तान्दा विभिन्न छ स्थानमा पहिरो गई पाइप फुत्किएको खानेपानी तथा उपभोक्ता संस्थाका सचिव आचार्यले जानकारी दिए । आयोजनाले अहिले दुई वटा जिआइ पाइप अस्थायी रुपमा बिछ्याएर पानी आपूर्ति गरिरहेको उनले बताए ।

परीक्षण असफल भएपछि खानेपानीको पाइपलाइनका विषयमा विज्ञ समूहको अध्ययनपश्चात् सिमलेस पाइप खानेपानी विभागले खरिद गरेर पठाइरहेको आचार्यले उल्लेख गरे । उक्त पाइप जडानपश्चात् आयोजना सम्पन्न हुने भन्दै विद्युत् महसुलमा गण्डकी प्रदेश सरकारले छुट दिँदा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई आर्थिक अभाव कम हुनेमा उनले विश्वास व्यक्त गरे ।

“पहिरोको जोखिम भएपछि आयोजनाको लागत बढेको हो, पहिरो न्यूनीकरणका लागि ढलानसहितको पर्खाल लगाएर आयोजनालाई सुरक्षित बनाएका छौँ”, आचार्यले भने, “अहिले खानेपानी तान्ने काठेखोलामा पहिरो गएको छ, हामीले उक्त पहिरोका बारेमा अध्ययन गरेर रोकथामको प्रयास गर्नेछौँ, करोडाँैको आयोजना सुरक्षित राख्ने हाम्रो जिम्मेवारी हो ।”

निरन्तर पहिरो खसिरहने भूगोलमा डिआइ पाइप उपयुक्त नभएपछि सिमलेस पाइप खरिद गर्न खानेपानी तथा ढल विभागले तत्परता देखाएपछि अहिले पाइप आउनेक्रम रहको आयोजना निर्माण कम्पनीका प्रतिनिधि कृष्णहरि चौलागाईंले जानकारी दिए ।

“हामीले विभागले दिएको डिजाइनअनुसार आयोजना सम्पन्न गरेका थियौँ, डिजाइनमा त्रुटि देखिएपछि निर्माण व्यवसायीको गल्ती हुँदैन, परिमार्जन गरिएको सिमलेस पाइप बागलुङ पुग्न थालेको छ”, उनले भने“पहिरो रोकथाम गर्न रु चार करोड लागत थपिएको हो । आयोजना हस्तान्तरण नहुँदासम्म हामी मर्मत गर्नेछौँ, समितिले अस्थायी रुपमा एक वर्ष चार महिनादेखि पानी तानेर उपभोक्तालाई वितरण गरिरहेको छ ।”

बागलुङ जिल्लाको ठूलो लिफ्ट आयोजनाका रुपमा रहेको बागलुङ नगर बृहत् लिफ्ट आयोजना सम्पन्न हुने समयमा पाइपलाइनमा त्रुटि देखिनुका साथै अहिले आयोजनास्थल क्षेत्रमा पहिरो गएकाले दिगोपनाका विषयमा नागरिक तथा उपभोक्ताले प्रश्न गरिरहेका छन् ।

विसं २०७५ असार ३१ गते कन्काइ जयमाता जेबीले विसं २०७७ असारमा निर्माण सक्नेगरी रु ३० करोड २६ लाख ५१ हजार लागतमा ठेक्का सम्झौता भएको थियो ।

पहिरो रोकथामका लागि थप काम गर्नुपर्ने भएकाले आयोजनाको लागत बढेर रु ३४ करोड ५६ लाख पुगेको निर्माण व्यवसायी चौलागाईंले बताए । तत्कालै आयोजनाको काम अगाडि नबढ्दा उपभोक्तालाई पानी पु¥याउन वैकल्पिक व्यवस्था गरिएको छ ।

वि.सं.२०८१ भदौ ७ शुक्रवार १५:२२ मा प्रकाशित

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...