back
CTIZAN AD

सर्वोच्चको आदेशलाई महानगरको भनेर भ्रम फिँजाइयो : बालेन शाह

वि.सं.२०८१ भदौ १० सोमवार

927 

shares

काठमाडौँ महा नगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले बागमती, विष्णुमती र टुकुचाको सन्दर्भमा केही राजनीतिक दलहरूले भ्रम फिँजाएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सर्वोच्च अदालतको आदेश आएपछि बागमती, विष्णुमतीमा ४० मिटर र टुकुचाको २० मिटर वरिपरि निर्माण निषेधित क्षेत्र भनेर जानकारी गराएको उल्लेख गरेका छन् । तर, काठमाडौँ महानगरले सर्वोच्चको आदेशलाई सूचित गर्दै नागरिकमा दिएको जानकारीलाई महानगरको निर्णय भनी गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरूले जनता माझ भ्रम सिर्जना गरेको बताएका छन् ।

‘निषेधित क्षेत्र सर्वोच्चले भनेको हो, हामीले सर्वोच्चको आदेश अनुसार त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन भनेर सूचित मात्र गराएका हौँ ।’ बालेनले लेखेका छन्, ‘अदालतको आदेश अनुसार नागरिकले आफ्नो जग्गा उपभोग गर्नबाट रोकेको छैन । नेपाल सरकारले चाहेमा मुआब्जा दिएर मात्र जग्गा अधिग्रहण गर्न सक्ने छ ।’

उनले कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि नलाग्न र आफ्नो कान छाम्न सम्बन्धित सबैलाई सचेत गराएका छन् ।

वि.सं.२०८१ भदौ १० सोमवार ११:२६ मा प्रकाशित

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना...

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...