back
CTIZAN AD

मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ्रेमा थप पदमार्ग निर्माण

वि.सं.२०८१ भदौ १० सोमवार

657 

shares

कास्की । कास्कीमा एक वर्षका अवधिमा चार हजार चार सय ३४ मिटर पदमार्ग निर्माण गरिएको छ । प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमातहतको पर्यटन तथा उद्योग कार्यालयले सो पदमार्ग निर्माण गरेको हो ।

पोखरा महानगरपालिका, मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाका विभिन्न वडामा पदमार्ग निर्माण तथा स्तरोन्नति गरिएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख महराज ढकालले जानकारी दिए । आर्थिक वर्ष २०८०/८१ मा पर्यटन पूर्वाधारअन्तर्गतका ४७ आयोजनामध्ये ४३ सम्पन्न भएको थिए । कुल आयोजनामा दुईवटा सम्झौता नै भएनन् भने दुईवटा सम्झौता भएर पनि कार्यान्वयनमा गएका थिएनन् । गत वर्ष पर्यटन पूर्वाधारतर्फ रु दुई करोड ८० लाख बजेट विनियोजन गरिएको थियो ।

कार्यालय प्रमुख ढकालले पर्यटकीय पदमार्ग निर्माणले पर्यटक तथा स्थानीयवासीलाई सजिलो भएको बताए । यसैगरी पर्यटकीय उद्यान (पार्क)हरूमा निर्माण भएका पूर्वाधारले पर्यटकीय आकर्षण वृद्धि गरेको बताइन्छ । पर्यटकको आगमन बढी भएका स्थानमा अप्ठ्यारो बाटोलाई सहज बनाइएको र विभिन्न स्थानमा रेलिङ राखिएको कार्यालय प्रमुख ढकालले बताए ।

“पर्यटकीय गतिविधि बढी भएका स्थानलाई प्राथमिकतामा राखेर ‘फुटट्रयाक’ निर्माण गरिएको छ । यसबाट पर्यटकलाई र स्थानीयलाई समेत आवतजावतमा विगतमाभन्दा बढी सहज भएको छ”, उनले भने । गत वर्ष पोखरा-२० को खोरखरी कुना-काहुँखोला पदमार्ग, मौरेबगर मार्गी-बेतैनी ज्ञान बिसौना पर्यटक पदमार्ग पोखरा-२२ र २३, जल्केनी-भैरवकोट-कालिका-रिठ्ठुमाडा पैदलमार्ग रुपा-१, हनुमान पोखरी-भोटेपोखरी हाइकिङ पदमार्ग पोखरा-३३, लाँकुरीबोट पर्यटक विश्रामस्थल पोखरा-१६, बराहक्षेत्र पर्यटन पूर्वाधार पोखरा-३१, मादी वडा नं ६ र ७ स्थित थाक हिल पर्यटन पूर्वाधार, पोखरा-२९ मा मुक्तिनाथ सत्सङ्ग आश्रम पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ ।

यसैगरी पोखरा-२८ को लामिछानेगाउँ पदमार्ग निर्माण, पोखरा-१९ मा पर्यटकीय दुर्गा मन्दिर स्तरोन्नति तथा सौन्दर्यकरण, मादी-२ मा क्वलासोथार बृहत् पर्यटन विकास पूर्वाधार निर्माण, पोखरा-३३ स्थित ब्रम्हाज्योति प्राविबाट निरकण्ठेश्वरी मन्दिरसम्म पर्यटक पदमार्ग, मादी-१२ को लिपेपानी देवीडाँडा सिँढीबाटो गत वर्ष निर्माण सम्पन्न गरिएको थियो ।

यसैगरी शिवमन्दिरमा पर्यटकीय पार्क निर्माण पोखरा-३३, कैलाशटोलमा पदमार्ग निर्माण पोखरा-१४, पोखरा-१३ स्थित शितलादेवी पार्क निर्माण, नागिधारा पुरानोगाउँ क्रपुडाडा पर्यटकीय पदमार्ग मादी-८, सिक्लेस कपुचे पर्यटन पदमार्ग निर्माण मादी-१, तागा विसमुरे पर्यटन पदमार्ग अन्नपूर्ण-३, पचभैया सिमलडाँडाबाट रुपाताल जोड्ने पदमार्ग पोखरा-३१, अकलादेवी तथा लक्ष्मीनारायण विकास पोखरा-१९, कैलाशेश्वर शिव मन्दिर पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण पोखरा-१९, नेटापोखरीबाट तक्मेल देउरालीसम्म पर्यटकीय पदमार्ग पोखरा–१९, पोखरा-३३ स्थित कुसुण्डे एक्लेसाल हुँदै शान्तिउदय पदमार्ग निर्माण, रुपा-७ स्थित दम्से-थुम्के पर्यटकीय पूर्वाधार, पोखरा-१८ को चौरपाखा मेथलाङ्ग पर्यटन पैदलमार्ग, अन्नपूर्र्ण-४ को भुमेथानबाट सिद्धथान हुँदै सितगुफा जाने पदमार्ग गत वर्ष निर्माण गरिएको हो ।

पर्यटन कार्यालयका अनुसार पोखरा-३३ को भगवती मन्दिरमा धार्मिक पर्यटकीय पूर्वाधार, पोखरा-११ मा सर्वेश्रवर खेलमैदान पदमार्ग, पोखरा–२२ स्थित विश्वशान्ति स्तुपाको फुटट्रयाक, पोखरा-१७ को शङ्करधाम घट्टेखोला पार्क, शीतल गुफा तथा विद्येश्वर मन्दिर क्षेत्रमा पर्यटन पूर्वाधार अन्नपूर्ण-५, पोखरा-२० को नाजिम बास्थल पदमार्ग, रुपास्थित कवापानी स्याक्लुङकोट पदमार्ग निर्माण गरिएको छ ।

यसैगरी पोखरा-२१ को पोखरेलथोक पर्यटकीय पार्क, पोखरा-३३ स्थित लामगादी मणिथान पदमार्ग, पोखरा-१६ को कालिखोला-अर्मलाकोट पदमार्ग निर्माण, धारापानी-कयरवारी पदमार्ग पोखरा-२३, महरा-निग्जा रोक्का चिचिन्ने पदमार्ग माछापुच्छ्रे-५, विजयपुर खोला फेदीबाट काफलघारी हुँदै सिद्धिपुरसम्मको पर्यटन पैदलमार्ग, पोखरा-१६ को जयबुद्ध गुम्बा पर्यटन पूर्वाधार, अन्नपूर्ण-१० स्थित घान्द्रुक-भैँसीखर्क-डाँडापानी-घोरेपानी-पदमार्ग र मादी-५ स्थित गारगाटे बरको चौतारी निर्माण पर्यटनतर्फ गत वर्ष कार्यान्वयन गरिएका योजना रहेका छन् ।

 

वि.सं.२०८१ भदौ १० सोमवार ११:२४ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...