back
CTIZAN AD

तीन सय ७८ इभी गाडी भित्रिदा ५० करोड राजस्व सङ्कलन

वि.सं.२०८१ भदौ १० सोमवार

912 

shares

काठमाडौँ । चालु आर्थिक वर्षको साउन महिनामा तीन सय बढी इलेक्ट्रिक कार, जिप र भ्यान(इभी गाडी) नेपाल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा तीन सय ७८ वटा इभी गाडी भित्रिएको हो ।

साउन महिनामा एक सय एक किलोवाटदेखि दुई किलोवाट क्षमताका एक वटा इभी भित्रिएको छ । त्यस्तै, ५१ किलोवाटदेखि एक किलोवाट सम्मका इभी गाडी दुई सय १६ वटा र ५० किलोवाटका इभी गाडी जम्मा एक सय ६१ वटा आयात भएका छन् ।

यी गाडी खरिद गर्न नेपाली व्यवसायीहरूले साउन महिनामा मात्रै ८७ करोड ९५ लाख ६७ हजार रुपैयाँ खर्च गरेका छन् । जसबाट सरकारले इलेक्ट्रिक कार, जिप र भ्यान (इभी गाडी) आयात मार्फत ५० करोड १२ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म ११ हजार भन्दा बढी गाडी भित्रिएको थियो । नेपालमा ५० किलोवाटको चार हजार पाँच सय ७१ वटा गाडी भित्रिएका थिए । त्यसै गरी, ५१ किलोवाटदेखि एक सय किलोवाटसम्मको गाडी छ हजार आठ सय ८५ वटा र एक सय एक किलोवाटदेखि दुई किलोवाटका दुई सय १७ वटा गाडी आयात भएका थिए ।

त्यस्तै, २०७९/८० मा इलेक्ट्रिक कार, जिप र भ्यान (इभी गाडी) कुल चार हजार ४६ वटा भित्रिएका थिए । जसका लागि नेपाली व्यवसायीले ११ अर्ब ८१ करोड ४६ लाख ८० हजार रुपैयाँ खर्च गरेका थिए ।

वि.सं.२०८१ भदौ १० सोमवार १३:२३ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...