back
CTIZAN AD

रासस नेपाली समाचार सेवा परीक्षणका रुपमा आजदेखि चौबिसै घण्टा

वि.सं.२०८१ भदौ ११ मंगलवार

1.3K 

shares

काठमाडौँ । सगरमाथा संवाद समिति र नेपाल संवाद समितिलाई गाभेर २०१८ सालमा स्थापना भएको राष्ट्रिय संवाद समिति नै आजको राष्ट्रिय समाचार समिति (रासस) हो । एउटा कोठाबाट सुरु भएको रासस परिष्कृत हुँदै आजको अवस्थामा आइपुग्नुमा आमसेवाग्राही सञ्चारमाध्यमसँगै आमनागरिकको पनि उत्तिकै सहभागिता र योगदान रहेको कुरामा दुईमत छैन ।

जनताको करबाट सञ्चालित देशको एक मात्र समाचार समिति रासस आफ्नो स्थापनाको समयदेखि नै देश तथा जनताको सुसूचित हुने आवश्यकता र अधिकारलाई दृष्टिगत गर्दै आफ्ना सेवाहरु प्रकाशन÷प्रशारण गर्दै आइरहेको छ । देशको ‘न्यूज बैंक’ र ‘मिडियाको पनि मिडिया’ का रुपमा राससले सञ्चारमाध्यमको माग र आवश्यकतालाई आफ्ना विविध सेवाका माध्यमबाट सम्बोधन गर्ने प्रयत्न निरन्तर गर्दै आइरहेको छ । नेपाली, अङ्गग्रेजी र अन्तराष्ट्रिय समाचार बुलेटिनका अलावा पछिल्लो दिनमा राससले आफ्ना सेवालाई विविधिकृत गर्दै तस्वीर, श्रव्य, श्रव्य–दृश्य, विचार तथा आलेख सेवा प्रवाह गरिरहेको छ । यस्तै राससले नेपालको संविधान २०७२ को मर्मअनुसार संघीयता र समावेशी अवधारणालाई आत्मसात गर्दै गत वर्षदेखि अवधी भाषाको माध्यमबाट मातृभाषामा पनि समाचार सेवा उपलब्ध गराउँदै आएको छ ।

यसै क्रममा आफ्ना सेवाग्राहीको मागलाई सम्बोधन गर्न, आफ्ना सेवाको थप विस्तार र विविधीकरण गर्न र अन्तर्राष्ट्रिय समाचार सेवाहरुको हाराहारीमा आफूलाई उभ्याउन राससले आजदेखि परीक्षणका रुपमा नेपाली समाचार सेवालाई चौबिसै घण्टा विस्तार गर्ने जमर्को गरेको छ । हाल राससले आफ्नो सेवा १७घण्टा उपलब्ध गराउँदै आएको थियो । लोकतन्त्रको सम्बद्र्धन र सुदृढीकरणका लागि सही सूचनाको निरन्तर सम्प्रेषण र उपलब्धता आवश्यक पर्ने कुरातर्फ सचेत रहँदै राष्ट्र र जनताप्रतिको दायित्व निर्वाह गर्न हामी निरन्तर क्रियाशील छौं । हाम्रो यो पछिल्लो प्रयत्न पनि त्यसैको उदाहरण हो भन्दा अन्यथा हुने छैन ।

निश्चित समयमा निश्चित समाचार सेवा उपलब्ध गराउँदै अघि बढेकोे राससले बदलिँदो समयअनुसार आफूलाई परिष्कृत गर्दै लगेको छ । पछिल्लो समयमा देशमा आएको राजनीतिक परिवर्तन र त्यसले समेटेको बृहत् क्षेत्रबारे सूचना र समाचार सेवा विस्तार गर्ने राससको लक्ष्य हो । देश संघीयतामा गएसँगै समानुपातिक समावेशीताको सिद्धान्तअनुसार हरेक क्षेत्र, भूगोल, धर्म, सम्प्रदाय र भाषाभाषीका सूचना र समाचार सम्प्रेषण गर्न रासस प्रतिबद्ध छ । पछिल्लो समय प्रविधि विशेषतः डिजिटल प्रविधिको तीव्र विकाससँगै समाचारको दायरा पनि फराकिलो भएको छ । कुनैबेला समय, समाज र क्षेत्रका आधारमा सीमित रहेको समाचार आज कुनै पनि सीमाले बाँधिन सक्दैन । सूचना सम्प्रेषण गर्ने सञ्चारमाध्यम होउन् या त सूचना प्राप्त गर्ने नागरिक, आज कुनै भूगोल वा क्षेत्रमा मात्र सीमित छैनन् । प्रविधिसँगै सूचना र समाचारको दायरा पनि निरन्तर विश्वव्यापीकरण भइरहेको छ वा भइसकेको छ ।

आज समाचारका पाठक÷दर्शकमात्र होइन, नेपाली सञ्चारमाध्यम पनि विश्वभर फैलिएका छन् । सूचना प्रविधिको विकाससँगै नागरिकले हरेक सूचना र समाचार छिटो हेर्न र पढ्न रुचाउँछन् । अति व्यस्त दैनिकीका कारण आमपाठक÷दर्शकले समाचारका लागि निश्चित समय कुर्न सक्ने अवस्था नभएकाले पनि सञ्चारमाध्यमहरूलाई पहिलेजस्तो समाचार सम्प्रेषणमा ‘डेडलाइन’ तोकेर काम गर्न चुनौती आइसकेको छ । यही आवश्यकता र समयको मागअनुसार राससले आजदेखि परीक्षणका रूपमा चौबिसै घन्टा नेपाली समाचार सेवा सुरु गर्दैछ ।

राससको यो सेवाले आमसेवाग्राही सञ्चारमाध्यम त लाभान्वित हुनेछन् नै, सँगै आमनागरिकको सूचना र समाचारको दायरा पनि झन् फराकिलो हुने विश्वास हामीले लिएका छौँ । सामाजिक सञ्जालको तीव्र प्रयोगका कारण सेकेन्ड–सेकेन्डमा प्रवाह भएका सूचनाले आमनागरिकलाई दिग्भ्रमित बनाइरहेका बेला राससको यो विस्तारित सेवाले सही सूचना र समाचार प्राप्त गर्ने अधिकारको रक्षा गर्नेछ भन्ने हाम्रो विश्वास छ । परीक्षण अवधिमा सञ्चारमाध्यम र आमपाठकबाट सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेका छौँ । प्राप्त सुझावका आधारमा सेवालाई थप परिष्कृत गर्दै अझ चुस्त र प्रभावकारी बनाउन हामी प्रतिबद्ध छौँ । अन्त्यमा यो सेवा सञ्चालनका लागि सरकारको मार्गदर्शन र राससका सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गर्दछौ ।

वि.सं.२०८१ भदौ ११ मंगलवार ०९:३९ मा प्रकाशित

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सांसदहरुको अवरोधका कारण २० मिनेटका...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

दलित समुदायः सङ्घर्ष, सीप र सम्मानको खोजी

दलित समुदायः सङ्घर्ष, सीप र सम्मानको खोजी

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक र सांस्कृतिक केन्द्र मानिने यस...

गोताखोरको दैनिक भत्ता दुईसय मात्र !

गोताखोरको दैनिक भत्ता दुईसय मात्र !

चितवन । जोखिम मोलेर उद्धारमा खटिने ‘गोताखोर’ले दैनिक रु २००...

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

दाङ । यहाँको तुलसीपुरमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएकबे...