back
CTIZAN AD

अमेरिकामा मुना पाण्डेको हत्या आरोपमा शाह पक्राउ

वि.सं.२०८१ भदौ १४ शुक्रवार

1.1K 

shares

वाशिङ्टन डिसी (अमेरिका ) । प्रहरीले नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्याका अभियोगमा टेक्सास राज्यबाट ५१ वर्षीय बवीसिं शाहलाई पक्राउ गरेको छ । पाण्डेको टेक्सासको हयुष्टनमा गत शनिबार हत्या भएको बताइएको छ । पाण्डेको हत्याका अभियोगमा शाहलाई पक्राउ गरी तस्बिरसमेत सार्वजनिक गरेको प्रहरीले जनाएको छ ।

हयुष्टन पुलिस डिपार्टमेन्टले ६३६३ वेष्ट एयरपोर्ट ब्लुवर्डमा गत सोमबार साँझ ५ः३५ बजे पाण्डेको शव उनकै अपार्टमेन्टमा फेला पारेको थियो । प्रहरीलाई अपार्टमेन्टको स्टाफले फोन गरेर जानकारी दिएको र सोही जानकारीका आधारमा अपार्टमेन्टमा प्रहरी टोली सोमबार पुगेका जनाइएको छ ।

त्यहाँ उनीहरूले गोलीको प्रहारपश्चात निधन भएकी एक युवतीको शव बरामद गरेका थिए । पछि उनीहरूले पाण्डे भएको जानकारी गराएका थिए । प्रहरीले बुधबार मात्र शङ्कास्पद व्यक्तिको तस्विर सार्वजनिक गरेको थियो । सोही दिन साँझ संदिग्ध शाहलाई गिरफ्तार गर्न सफल भएका थिए ।

नेपाली समुदायका अगुवाहरूले मुनाको न्यायको लागि प्रयास गरिरहने र संदिग्ध व्यक्तिलाई अधिकतम सजायको माग गरेका छन् ।

वि.सं.२०८१ भदौ १४ शुक्रवार १०:०४ मा प्रकाशित

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...